Tuesday, November 22, 2011

नेपाल मानवअधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव हुने

काठमाडौँ, मंसीर ५/ मानव अधिकार चलचित्र केन्द्रले आगामी फेबु्रअरी २३ देखि २६ ( फागुन ११ देखि १४) सम्म नेपाल मानव अधिकार अन्तराष्ट्रिय चलचित्र महोत्सव काठमाडौंमा आयोजना गर्ने भएको छ। गत वर्षको पहिलो मानव अधिकार चलचित्र महोत्सवको सफलता पछि केन्द्रले यो महोत्सव गर्न लागेको हो।

चलचित्र महोत्सवका लागि मानव अधिकारका विषयमा बनेका कथानक चलचित्र, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन सवै विधामा विश्वभरिबाट निवेदन खुला गरिएको छ। दलित, महिला, मधेसी, अल्पसंख्यक र पिछडिएका समुदायका साथै द्वन्द्व, युद्ध, संक्रमणकालीन न्याय र अप्रवासी कामदार लयागतका सवालहरु महोत्सवको उच्च प्राथमिकतामा परेका छन्। सन् २००९ पछि बनेका चलिचत्रलाई जनवरी १५ सम्म डी.भी.डी. वा मिनी डी.भी.मा पठाउन सकिने पनि केन्द्रले जनाएको छ।

यस वर्षको महोत्सव शान्ति र न्यायमा अधारित हुने केन्द्रले जारी गरेको विज्ञप्तिमा बताइएको छ। महोत्सवमा चलचित्र प्रदर्शनीका साथै मानव अधिकारका विषयमा छलफल, चलचित्र पत्रकारिता र समिक्षा, चलचित्रमा मानव अधिकारको खोजी जस्ता कार्यशालाहरु पनि आयोजना हुने बताइएको छ।

विश्वमा मानवअधिकार विषयक चलचित्र महोत्सवहरु संगठित रुपमा आयोजना हुने गरेका छन्। मानवअधिकारका लागि भनेर अयोजना गरिएका चलचित्र महोत्सव मात्र होइन विश्वको सवै भन्दा पुरानो चलचित्र महोत्सव भेनीसमा पनि मानव अधिकार विषयक चलचित्रहरु प्रदर्शन र पुरस्कृत हुने गर्दछन्। त्यसैले नेपालमा पनि चलचित्रको माध्यमबाट मानव अधिकारको संरक्षण र संबर्द्धनका लागि क्रियाशिल रहन हरेक वर्षको फेब्रुअरी महिनामा महोत्सव आयोजना गर्ने ल73य लिइएको महोत्सवका अध्यक्ष पूर्णसिंह बराइलीले बताएका छन्।

महोत्सव राष्ट्रिय र अन्तराष्ट्रिय चलचित्रकर्मीहरुका साथै मानवअधिकारको क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुका लागि चलचित्रका माध्यमबाट छलफल र अन्तरक्रिया गर्ने थलोको रुपमा विकास हुने विश्वास उनले लिएका छन्। “नेपालको मानवअधिकार, कला, संस्कृतिको साथै नेपालको अन्तराष्ट्रिय छवि निर्माणमा सहयोग पुर्‍याउने छ”, उनको भनाइ छ।

महोत्सवमा प्रदर्शन हुने चलचित्रहरुले नेपाली चलचित्रकर्मीहरुलाई अन्तर्राष्ट्रिय चलचित्रहरुको निर्माण, स्वरुप र शैलीको बारेमा अन्तरक्रिया गराउने राष्ट्रिय चलचित्रहरुलाई अन्तर्राष्ट्रियकरणमा पनि भूमिका खेल्ने विश्वास अध्यक्ष बराइलीले लिएका छन्। चलचित्रकर्मीहरुका लागि क्षमता प्रदर्शनको लागि एउटा मञ्च स्थापना गर्नुको साथै मानव अधिकार विषयक चलचित्रलाई पुरस्कृत गर्दै पनि लगिने योजना रहेको पनि उनले भेटमा बताए।

News Source: http://www.nepalipatra.com/news/news.php?content_id=23829

No comments:

Dalan Shooting