Monday, December 5, 2011

दुबई फिल्म फेस्टिभलका नेपाली निर्णायक

दुबई फिल्म फेस्टिभलका नेपाली निर्णायक
मेरोसिनेमा, काठमाडौं १९ मंसिर,

purnasingh_baraily_home_400बधाई छ पूर्णसिँह बराइलीलाई जो आसन्न दुबई इन्टरनेसनल फिल्म फेस्टिभलको निर्णायक (जुरी) चुनिएका छन् । डिसेम्बर सातदेखि १४ सम्म दुबईमा आयोजना हुने उक्त फेस्टिभलमा तीनजना निर्णायक मध्ये नेपालका बराइली एक हुन् । फेस्टिभलको यो आठौं संस्करण हो ।

फेस्टिभलअन्तर्गत मानवअधिकारबारेका चलचित्रलाई बराइलीसहितका निर्णायकहरूले चुन्नेछन् । नेपाल मानवअधिकार फिल्म फेस्टिभलका अध्यक्ष पनि हुन् उनी । फेस्टिभलमा सहभागि हुन बराइली मंगलबार त्यसतर्फ उड्दैछन् ।

उनका अनुसार फेस्टिभलमा विश्व मानवअधिकार मुद्दाबारे बनेका डकुमेन्ट्री, फिचरलगायतका फिल्म सहभागि हुनेछन् । बराइलीबाहेक फेस्टिभलमा थाइल्यान्ड र अफगानिस्तानका निर्णायक छन् । ससर्ती हेर्दा मानवअधिकार अवस्था नाजुक भएका मुलुकका चलचित्रकर्मीलाई उक्त सेक्सनको जुरीमा तोकिएको छ ।

सन् २०१२ फेव्रअरी २३ देखि २६ सम्म काठमाडौंमा मानवअधिकार फिल्म फेस्टिभल आयोजना हुँदैछ । दुबई फिल्म फेस्टिभलमा नेपाली दलित र महिलाबारेका डकुमेन्ट्री पनि प्रदर्शन गरिने भएको छ । यसवर्षको संस्करणमा भने कुनैपनि नेपाली फिल्म छैनन् । दुबई फिल्म फेस्टिभलको पहिलो दिन हलिउड सिनेमा ‘मिसन इम्पोसिवल ४’ र ‘घोस्ट प्रोटोकल’लाई प्रिमियर गरिँदैछ ।

News source: http://www.merocinema.com/fullnews.php?newsid=2943&newsof=3&newstype=4

Dalan Shooting