Tuesday, October 26, 2010

मानवअधिकार चलचित्र महोत्सव


समापन मन्तव्य

म्ाानवअधिकारको संरक्षण र प्रवद्र्धनका साथै समाज रुपान्तरणका लागि चलचित्रको शक्तिसाली माध्यमबाट कि्रयाशिल रहन काठमाडौंमा स्थापित संस्था मानव अधिकार चलचित्र केन्द्रले नेपाल पर्यटन बोर्डको हलमा यहि भदौ ११ देखि असोज १५ गतेसम्म प्रत्येक शुक्रबार आयोजना गरेको मानवअधिकार चलचित्र महोत्सव आज समापन भएको छ ।

प्रत्येक शुक्रबार छ हप्तासम्म फरक-फरक मानवअधिकारका विषयमा चलचित्रको माध्यमबाट छलफल र अन्तरकि्रया गर्दै नेपाल लगायत अफगानिस्थान इरान र भारतका गरी ८ वटा चलचित्रहरु प्रदर्शन गरियो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उद्घाटन गरेको यस महोत्सव कतारका नेपाली कामदारहरुको कथा उिधंनिएको केशाङ क्षेतेनको चलचित्र ूद डेजर्ट इटस असू बाट शुभारम्भ भएको थियो । यसै चलचित्रको पुन प्रदर्शनी र चलचित्रकर्मी सँगको प्रत्यक्ष अन्तरकि्रया गरी यो महोत्सव आज समापन भएको छ ।

यो अवधिमा प्रदर्शन भएको चलचित्र ूजस्ट अ लिटल लाइटू इरानको दृष्टिविहीन गाउँको दृष्टिबिहीनहरुको कथा थियो । ूएबीसी पोलोसीू चलचित्रले जर्जडब्लु बुस अहमदिनेजाद ह्यूगो च्याभेजको नितिले अन्तराष्ट्रिय मानवअधिकारमा पारेको प्रभावकाबारे थियो । ध्रुव वस्नेतको चलचित्र ूबरु मारिदिएको भए हुन्थ्योूले द्धन्द्धकालमा नेपालका पत्रकारहरुले भोगेका कथाहरु समेटेको थियो । मोहन मैनालीको ूपुनेज ट्राउजरू नेपालको द्धन्द्धमा तत्कालीन शाही नेपाली सेनाले बाजरामा मारिएका निर्दोष नागरिकका कथालाई बाहिर ल्याएको थियो । महोत्सवको चौथो प्रदर्शन महिला सवालमा समर्पित थियो । अफगानिस्थानको ू२५ प्रतिशतू चलचित्रमा अफगानी संसदमा महिला सांसदले गरेको संघर्षको कथा थियो । इरानको ूवी आर हाफ अफ इरानस् पपुलेसनू ले इरानी आमनिर्वाचनमा महिला सवालमा दबाबका लागि गरिएको संघर्षको काथा थियो । पाचौं श्रृंखलामा फाँसीवाद सम्बन्धि भारतीय चलचित्र ूअ डे फ्रम ह्याङम्यानस लाइफू प्रदर्शन गरिएको थियो ।

विश्वमा मानवअधिकार विषयक चलचित्र महोत्सवहरु संगठित रुपमा आयोजना हुने गरेका छन् । मानवअधिकारका लागि भनेर अयोजना गरिएका चलचित्र महोत्सव मात्र होइन विश्वको सवै भन्दा पुरानो चलचित्र महोत्सव भेनीसमा पनि मानव अधिकार विषयक चलचित्र प्रदर्शन र पुरस्कृत हुने गर्दछ । अहिले नेपालमा पहिलो पल्ट संगठित रुपमा मानवअधिकार चलचित्र महोत्सवको सुरुवात भएको छ । यस महोत्सव नेपाल र अन्तराष्ट्रमा परिचित भएको छ । यसमा प्रदर्शन भएका चलचित्रत्रहरु विश्वविद्यालय कलेज र अन्य क्लवहरुले प्रदर्शन माग गरेकोले अवबा दिनमा प्रदर्शन अभियान पनि संचालन गरिने छ ।

राष्ट्रिय र अन्तराष्ट्रिय समुदायको प्रतिकि्रयाले आगामी वर्ष अन्तराष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवको आयोजना गर्न हामीलाई हौस्याएको छ । त्यसैले नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर हामीले अन्तराष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेका छौं । यसको निश्चित मिति भने हामी केही दिनमा सार्वजनिक गर्ने छौं । महोत्सव राष्ट्रिय र अन्तराष्ट्रिय चलचित्रकर्मीहरुका साथै मानवअधिकारको क्षेत्रमा कि्रयाशिल व्यक्तित्वहरुका लागि चलचित्रको माध्यमबाट छलफल र अन्तरकि्रया गर्ने थलोको रुपमा विकास हुनेछ । जस्ले नेपालको मानवअधिकार कला संस्कृतिको साथै नेपालको अन्तराष्ट्रिय छवि निर्माणमा सहयोग पुर् याउने छ । महोत्सवमा प्रदर्शन हुने चलचित्रहरुले नेपाली चलचित्रकर्मीहरुलाई अन्तरराष्ट्रिय चलचित्रहरुको निर्माण स्वरुप र शैलीको बारेमा अन्तरकि्रया गर्दछ र राष्ट्रिय चलचित्रहरुको अन्तराष्ट्रियकरणमा पनि भूमिका खेल्ने छ । चलचित्रकर्मीहरुका लागि क्षमता प्रदर्शनको लागि एउटा माच स्थापना गर्नुको साथै मानव अधिकार विषयक चलचित्रलाई पुरस्कृत गर्दै पनि लगिने छ ।

अन्त्यमा नेपालको चलचित्र जाँचपास समितिले महोत्सवलाई जाँचपास गर्नै पर्ने बाध्यता तेसा्रएर हस्तक्षेप गरेकोले विभिन्न बाधा व्यवधान पनि आइ लाग्यो । जाँचपास समितिको यो हस्तक्षेपको घोर अवज्ञा गर्दै महोत्सव अगाडि बढ्यो । र हाल महोत्सवमा प्रदर्शन हुने चलचित्रहरु सेन्सरमुक्त हुनु पर्ने मागका साथ पेशागत चलचित्रकर्मीहरुको विभिन्न १५ संस्थाहरुको दबावमूलक कार्यक्रम अगाडि बढी रहेको छ । त्यसैले आगामी दिनमा आयोजना हुने कुनै पनि चलचित्र महोत्सवलाई ूसेन्सरू मुक्त गरी अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरियोस भनि नेपाल सरकारसँग जोडदार माग पनि यसै मन्तव्यबाट गर्दछौं । धन्यवाद ।


पूर्णिसंह बराइली राजेश गंगजु
अध्यक्ष महोत्सव निर्देशक
२०६७ असोज १५

Human Rights Film festival concluded in Kathmandu

Human rights advocacy through films


Himalayan News Service

KATHMANDU: The Human Rights Film Festival (HRFF) which began on August 27 concluded on October 1 with the screening of Kesang Tseten’s The Desert Eats Us.

Tseten’s movie that highlights the plight of Nepali workers in Qatar was also the opening movie of the festival. In the movie Tseten has captured the life of migrants Nepali workers — their condition, their work, their feelings. Director Tseten added, “Just because we are in some other country doesn’t mean we get deprived of human rights.”

Sudesh Siwa from Baluwatar commented on the movie saying, “I felt guilty after seeing the condition of the Nepali people in Qatar but the effort by the director and the film was great.”

The festival focusing on the preservation of human rights and to bring changes in society regarding this was organised by Human Rights Film Centre (HRFC) at the Nepal Tourism Board. The festival screened eight human rights related films from different countries like India, Afghanistan, Iran and Nepal. These films touched upon different aspects of human rights violations like migrant issues, conflict victims and gender discrimination et cetera.

Chairperson of HRFC, Purna Singh Baraily said, “It is important for us to know about our rights. These movies are little effort towards making people aware of their rights.”

Inspired by the oldest film festival — Venice Film Festival — which also showcases and awards human rights related movies, this is the first such film festival here dedicated to human rights issue.

Tseten's documentary closes festival

REPUBLICA

KATHMANDU, Oct 2: The Human Rights Film Festival 2010 ended Friday with the screening of director Kesang Tseten’s documentary, “The desert eats us” at the Nepal Tourism Board, Bhrikutimandap.

“The festival was organized to provide a platform to the issue of human rights. After receiving a good response from audiences, we are planning an international film festival in 2011,” Purnasigh Baraeli, president of the festival, said.


Rakesh Gongaju, program coordinator of the festival, briefed on the festival. He said, “We are proud to have been able to screen touching films from different corners of the world.”

While Baraeli mentioned that despite the postponement of the festival and various hindrances caused by the Film Censor Board, the fiesta was able to conclude on a happy note.

Among the eight films screened in the festival in a span of six weeks, three were Nepali documentaries. They included Dhruba Basnet’s “Baru maridiyeko bhaye hunthyo”, Mohan Mainali’s “Pone’s trousers” and Kesang Tseten’s “The desert eats us”.


Also speaking on the same occasion, Dr Ganesh Gurung, member of the National Planning Commission, highlighted migratory trend in Nepal. He hailed Tseten’s effort to showcase the human rights of Nepali migrants.

Replying to a query from the audience, Tseten, said, “The film was shot in the span of 18 months. I chose the subject of migration because it is very pervasive.”

The documentary is the second in a series of three Tseten worked on documentary about migration of Nepalis to the gulf. The two others are: “In search of the Riyal” and “Saving Dolma”. The latter is set to be screened next month.

"दलन सबै समुदायको आवाज हो"

\

नेपाली टेलिश्रृङ्खलाको इतिहासमा एउटा अलग्गै पहिचान बनाउन सफल भएको छ 'दलन' । जागरण मिडिया सेन्टरको निर्माणमा नवीन सुब्बाको निर्देशन र आहुतिको लेखन छ- दलनमा । अनुप बराल, शुभबहादुर सुनाम, श्रवण मुकारुङजस्ता श्रष्टाको सहभागितामा यो पूरा भएको छ । अहिले बेलायतस्थित 'वन वल्र्ड मिडिया विशेष अवार्ड' को सर्टलिस्टमा परेको छ । यही टेलिश्रृङ्खलाका निर्माता तथा जागरण मिडिया सेन्टरका उपाध्यक्ष पूर्णसिंह बराइली केही साताअघि बेलायत आउँदा गरिएको कुराकानीः


दलनकै कारण अवार्डका लागि बेलायतसम्म आइपुग्नुभएको छ, कस्तो अनुभुति भएको छ ?

निश्चय पनि मलाईमात्र होइन, नेपालकै लागि पनि गौरवको कुरा हो । सयौँ कार्यक्रम र सङ्घसस्थाबाट छानिएर सर्टलिस्टमा दलन पर्नु हामी सबैको लागि खुशीको कुरा हो । सर्टलिस्टमा परेका परियोजनाहरुको ठूलो पोष्टर बनाएर प्रदर्शनी पनि गरिएको थियो । त्यो प्रदर्शनीबाट धेरै मानिसहरुले नेपालमा बनेको टेलिश्रृङ्खलाको विषयमा जान्ने अवसर पाए । दलन ससेक्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुसँग माझ पनि प्रदर्शन गरियो । उनीहरुले दलनको 'प्रोडक्सन भ्यालु' को राम्रो प्रसंशा गरे । यसरी नेपालदेखि बेलायतसम्म आइपुग्दा खुशी र गौरवको अनुभूतिका साथै जिम्मेवारी पनि थपिएजस्तो लागेको छ ।


खास के छ दलनमा ?

हामीले कुनै त्यस्तो असाधारण काम गरेका छौँ भन्दैनौँ तर समाजका लागि अति नै आवश्यक र सरकारले करोडौँ खर्च गरेर पनि परविर्तन गर्न नसकेको कुसंस्कारहरुलाई हटाउन सचेतना दिन यस श्रृङ्खलाबाट सकिन्छ भन्नेमा हामी विश्वस्त थियौँ । जतिखेर हामी दलनको सुरुवात गर्दै थियौँ, त्यतिखेर एउटा नेपाली टेलिश्रृङ्खला, जुन दलितसम्बन्धी बनेको थियो, त्यो दर्शकबाट बहिष्कृत हुनु परेको थियो । यस्तो बहिष्करणबाट कसरी बच्ने र दर्शकको मनोविज्ञानलाई कसरी सम्बोधन गर्ने भन्ने गहिरो चिन्तन गरेका थियौँ । अर्कोतिर नेपालका अधिकांश दर्शकमा कसौटी जिन्दगी की र कुम-कुम जस्ता भारतीय श्रृङ्खलाको छाप गहिरो थियो । त्यसमा पनि हाम्रो विषय अलि जटिल थियो । नेपाली समाजको इतिहास, नेपालका पछाडि पारएिकाहरुको जीवन । यसलाई चलचित्रमा उतार्दा कति रुचाइन्छ, त्यो ज्यादै चुनौती थियो । फेरि हामीले नाम चलेका कलाकारहरु पनि राखेका थिएनौँ । त्यसैले सबै कुरा दिमागमा राखेर काम गरेका थियौँ । हाम्रो काम गराइको तरिकाबाट सफलता पाउनेमा हामी बढी आशावादी थियौँ नै तर यससँगै दर्शकले दलन आउनासाथ टेलिभिजन बन्द गरिहाल्छन् कि भन्ने डरबाट पनि मुक्त थिएनौँ ।

तर, यसको सफलताको पछाडि यथार्थताको प्रतिबिम्बन नै मुख्य सफलता हो जस्तो लाग्छ ।


दलनको निर्माणचाहिँ कसरी भयो र दलन बनाउने योजना नै किन आयो ?

हामीले जागरण मिडिया सेन्टर स्थापना गरेको तीन चार वर्ष हुँदै थियो । मिडियाका माध्यमबाट उत्पीडित दलित समुदायको आवाज उठाउने काममा सक्रिय थियौँ । त्यसो हुँदा वृत्तचित्र वा कथानक चलचित्र बनाउने कि भन्ने पनि योजना थियो तर यसले मात्र दलितहरुको सवालमा न्याय हुन सक्दैन भन्ने लाग्यो र लामै टेलिश्रृङ्खला निर्माण गरौँ भन्ने निष्कर्ष निकाल्यौँ । बनाउन न त बनाउने तर कसरी ? प्रश्न जटिल थियो । नेपालका चलचित्र निर्माणमा हामी खासै सहमत हुन सकेनौँ र लेखक आहुतिलाई लेखाउने निधो भयो । आहुतिको लेखनमा निर्देशन गर्नसक्ने क्षमता भएको मान्छे चाहियो । नुमाफुङमा नवीन सुब्बाको क्षमता देखिएको थियो । त्यो भएर हामीले कुरा राख्यौँ- उहाँ पनि राजी हुनुभयो । यसरी राम्रो समूह जुट्दै गयो । यसपछि कलाकार छनोटका लागि रञ्गमञ्चमा ख्याती कमाएका अनुप बराल आउनुभयो र काम अगाडि बढ्यो ।

सुरुमा मानवशास्त्री, समाजशास्त्री, चलचित्रकर्मी, पत्रकार, साहित्यकार सबैसँग तीनदिन समूहगत छलफल गर्‍यौँ । अहिलेसम्म सामाजिक विषयमा बनेका चलचित्रकरुको विषयगत विश्लेषण पनि गर्‍यौँ । नेपालका पाँच विकास क्षेत्रमा दर्शकहरुको धारणा पनि बटुल्यौँ । यी सबैले लेखनमा थप बल पुग्यो । छलफलबाट पनि र हाम्रो पनि सहमति के आयो भने नाम चलेका कलाकारहरुको ब्राण्ड बनेको हुन्छ । त्यसैले हाम्रो कलाकारहरु दलनकै नामबाट चिनिऊन् । यस हिसाबले हामीले अडिसन, अभिनय कार्यशालाबाट कलाकारहरु छनोट गर्‍यौँ । काठमाडौँ, पोखरा कुश्मामा कार्यशाला गरी दलनमा भएका तीनसय कलाकार छनोट गर्‍यौँ ।


दलनको यात्रा कहाँसम्म पुग्यो र यसको गन्तव्य के हो ?

गतसाल असार १ गतेबाट दलन नेपाल टेलिभिजनबाट प्रसारण भएको थियो । यो असारको पहिलो हप्ता ५२ औँ श्रृङ्खला सकियो । नेपालमा लोडसेडिङले हेर्न पाइएन भन्ने गुनासो मध्यनजर गर्दै छिटोभन्दा छिटो पुनः प्रसारण गर्दैछौँ । गाउँ-गाउँमा पनि प्रदर्शन हुन्छ, जहाँ टेलिभिजनको पहुँच छैन । यसपछि अन्तर्राष्ट्रिय दर्शकहरुको पनि माग छ त्यसैले सब-टाइटल गरेर अन्तर्राष्ट्रिय टिभी च्यानलबाट प्रसारण गर्ने प्रयास पनि गर
िनेछ । नेपालमा पनि विश्वविद्यालय र फिल्म स्कुलहरुले अध्ययनको माध्यम बनाउन थालेका छन् । विदेशका पनि सामाजिक तथा सामाजशास्त्रीय र इतिहास अध्ययन गरिने विश्वविद्यालयहरुमा अभियान लगिनेछ । धेरैले डिभिडीको अनुरोध गरेका छन्, यसको पनि तयारी हुँदैछ ।


दलनले नेपाली समाजमा, विशेषगरी दलितहरुमा कस्तो प्रभाव पार्‍यो ?

समग्रमा सात सालदेखि ५२ सालसम्मको नेपाली समाजको दृष्य दस्तावेज हो दलन । यो दलितहरुको मात्रै होइन, नेपालका अन्य जाति तथा समुदायको पनि आवाज बोकेको चलचित्र हो । टेलिश्रृङ्खलाले समेटेको अवधिभित्र नेपालको राजनीतिक विकासक्रमका मुख्य घटना र त्यो राजनीतिक घटनाक्रमले जनजीवनमा आएको परविर्तनको चित्रण छ । नेपाली ग्रामीण तथा शहरी जीवनका अन्तर्सङ्घर्षका कथाहरु छन् । मान्छले प्रयोग गर्ने सामग्रीदेखि कपडाको लामो इतिहास यसमा छ । सबैका सबै कला, सँस्कृति ढल्कने दृश्यहरु यसमा छन् । हरेक कोणबाट यसमा अध्ययन गर्ने विषय छन् । त्यसैले हामी भन्छौँ- यो त एउटा विश्वविद्यालय नै हो ।

यसर्थ नेपालमा पहिलोपल्ट यस्तो काम भएको छ भन्नलाई हामी सङ्कोच मान्दैनौँ । नेपाली समाजमा यसले ठूलै काम गरेको छ । नेपालका मात्र नभएर विदेशमा समेत दर्शकहरुमा नयाँ जागरण पैदा भएको छ । दर्शकहरुमा चलचित्र हेर्ने नयाँखालको चेतना जगाइदिएको छ । कला, साहित्यमा गम्भीर काम हुन सकेको थिएन र यसलाई दलनले थालनी गरेको छ । समाज परविर्तनका लागि दलनजस्ता टेलिश्रृङ्खलाहरु पनि हुनसक्छन् भन्ने कुरा स्थापित भएको छ । जस्तोः नेपालका ५३ वटा जिल्लामा दलन फिल्म क्लबहरु गठन भएका छन् । नेपालबाहिर दुबई, भारतको सिक्किम दार्जिलिङ, अमे
रिकाजस्ता ठाउँमा क्लबहरु छन् । यी क्लबहरु दलनबाट प्रभावित भएर बनेका हुन् । यिनले स्वतस्फूर्त ढङ्गले सामाजिक कामहरु गररिहेका छन् ।

त्यसैले दलनले समाज परपिर्तनका पक्षमा उभिन सिकाएको छ । विभिन्न भङ्गालोहरुमा विभाजित दलित आन्दोलनलाई एकताका लागि झकझकाएको छ । आफ्नो पहिचानसहित मुक्तिका लागि सङ्घर्ष गर्न सिकाएको छ । अन्य जातिलाई हामीमात्र मान्छे हौँ भन्ने सोचमा धक्का दिएको छ । नेपालको चलचित्र निर्माणको क्षेत्रमा पनि यसले एउटा छुटै पहिचान कायम गरेको छ ।

यो दलन फिल्म क्लवको खास भिजन के छ ?

दलनको तेस्रो भाग प्रसारण भएपछि गोर्खामा दलन क्लब बनेको पत्र प्राप्त भयो । यसलाई हामीले पहिलो क्लबको रुपमा प्रसारण गर्‍यौँ । यसको पछिल्लो हप्ताबाट अमे
रिकाको कर्नेल विश्वविद्यालयमा नेपाली विद्यार्थीहरुले गठन गरेको पत्र प्राप्त भयो । यसपछि दलन फिल्म क्लबको जनलहर ह्वात्तै बढ्यो । र, अहिले ४०० को सङ्ख्यामा दलन क्लबहरु छन् । टेलिश्रृङ्खलाहरुको इतिहासमा यो पहिलो हो ।

हामीलाई क्लबको पहिलो पत्र आएपछि प्रसारण गर्ने कि नगर्ने भन्ने द्विविधा थियो । दर्शक सङ्गठित हुने राम्रो अवसर हुने भएकोले हामीले नमूनाको निम्ति प्रसारण

गर्‍यौँ । पछि यसले यत्रो सङ्ख्यामा क्लब जन्मायो । मूलतः यी फ्यान क्लबहरु हुन् तर पनि फिल्म क्लबभन्दा राम्रो हुने भएर हामीले यसो भनेका हौँ । यो कम्तिमा ७ जना कार्य समिति रहेर गठन हन्छ । त्यसभन्दा माथि सदस्यहरु आवश्यकतानुसार हुन्छन् । समग्रमा दलनबाट प्रभावित भएर बनेका फिल्म समाजहरु हुन् यी ।

यसको उद्देश्य समाज रुपान्तरणमा केही न केही भूमिका खेल
्नु भन्ने हो । यसको सुरुवात थुप्रै क्लहरुले गरेका छन् । पोखराका जनजागरण दलन फिल्म क्लबले स्थानीय कलाकारहरुको सम्मानका साथै दलनकै च्यारेटी शोबाट १ लाख रुपैयाँ उठाएको छ । यो कोषबाट काम अगाडि बढ्दैछ । यसरी कोष उठ्नुभन्दा पनि मान्छेहरु सङ्गठित हुनु महत्वपूर्ण कुरा हो । त्यस्तै सचेतना दलन फिल्म क्लबले मानवअधिकार चलचित्र प्रदर्शनका साथै पीडितहरुका लागि कानुनी सहायता प्रदान गर्दै आएको छ । यस्ता थुपै्र उदाहरणहरु छन् । केही समयमा हामी दलन फिल्म क्लबहरुका क्षेत्रीय भेला पनि गर्दैछौँ । यसबाट क्लबहरुले के गर्ने भन्ने स्पष्ट मार्गचित्र तयार हुनेछ र क्लबहरु समाजमा अगाडि बढ्नेछन् ।

प्रवासी नेपालीमाझ प्रदर्शनको कस्तो योजना छ ?

बेलायत बसाइका क्रममा निकै राम्रो प्रतिक्रिया मिलेको छ । अरु देशमा पनि दलन हेर्न पाउनुपर्‍यो भन्ने माग छ । त्यसैले दशैँदेखि दलनको युरोप यात्रा थालनी गर्ने योजना बनेको छ । युरोपका केही देशका साथै अमेरि
का र जापानका नेपालीहरुका लागि पनि दलन यात्रा अगाडि जानेछ ।


दलन निर्माणका क्रममा अविष्मरणीय क्षणहरु केही छन् ?

पाँच वर्षदेखि निर्माणको थालनी भएको थियो । यो क्रममा हामीले थुप्रै राजनीतिक घटना देखेका र भोगेका छौँ । अत्यन्त कठोर सङ्कटकालका बीचमा छायाँकन गरियाे । कुनै पनि बेला माओवादी र सेनाबीच पर्न सकिने भल्खाडोहरु पार गर्‍यौँ । पर्वतको खौला दुर्लुङजस्ता बिजुली नभएका स्थान र सुटिङमा खाने सामग्री पनि चार पाँच घण्टाको कच्चीबाटोबाट ल्याउनुपथ्र्यो । दुईदिन लगाएर घान्द्रुकबाट घोडा ल्याइएको थियो । सङ्कटकालदेखि सङ्घीय गणतन्त्र नेपालसम्मका दिनहरुमा दलन निर्माण सकिएको थियो । त्यसकारण प्रत्येक क्षणहरु सम्झनलायक छन् । एउटा अविष्मरणीय क्षण छ, जुन प्रसार भएपछिको हो । अफगानिस्तानमा तीन जना नेपाली सेकुरिटी गार्डमा काम गर्दा रहेछन् । उनीहरु दलनबाट साह्रै प्रभावित भएका रहेछन् । त्यति टाढाबाट हाम्रो कार्यालय काठमाडौँमै आएर चार हजार रुपैयाँ दिए उनीहरुले । पैसाभन्दा पनि माया बढी दिए । यो नै अविष्मरणीय क्षण थियो । यसरी आएका पैसालाई हामीले दलन चलचित्र कोष नामाकरण गरेर जम्मा गर्ने गरेका छौँ । यो कोषमा अहिले धेरै रकम जम्मा भएको छ । यो कोष 'दलन' जस्तै चलचित्र निर्माण र प्रबर्द्धनमा लगानी गरिनेछ ।

Dalan Shooting