Tuesday, October 26, 2010

मानवअधिकार चलचित्र महोत्सव


समापन मन्तव्य

म्ाानवअधिकारको संरक्षण र प्रवद्र्धनका साथै समाज रुपान्तरणका लागि चलचित्रको शक्तिसाली माध्यमबाट कि्रयाशिल रहन काठमाडौंमा स्थापित संस्था मानव अधिकार चलचित्र केन्द्रले नेपाल पर्यटन बोर्डको हलमा यहि भदौ ११ देखि असोज १५ गतेसम्म प्रत्येक शुक्रबार आयोजना गरेको मानवअधिकार चलचित्र महोत्सव आज समापन भएको छ ।

प्रत्येक शुक्रबार छ हप्तासम्म फरक-फरक मानवअधिकारका विषयमा चलचित्रको माध्यमबाट छलफल र अन्तरकि्रया गर्दै नेपाल लगायत अफगानिस्थान इरान र भारतका गरी ८ वटा चलचित्रहरु प्रदर्शन गरियो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष केदारनाथ उपाध्यायले उद्घाटन गरेको यस महोत्सव कतारका नेपाली कामदारहरुको कथा उिधंनिएको केशाङ क्षेतेनको चलचित्र ूद डेजर्ट इटस असू बाट शुभारम्भ भएको थियो । यसै चलचित्रको पुन प्रदर्शनी र चलचित्रकर्मी सँगको प्रत्यक्ष अन्तरकि्रया गरी यो महोत्सव आज समापन भएको छ ।

यो अवधिमा प्रदर्शन भएको चलचित्र ूजस्ट अ लिटल लाइटू इरानको दृष्टिविहीन गाउँको दृष्टिबिहीनहरुको कथा थियो । ूएबीसी पोलोसीू चलचित्रले जर्जडब्लु बुस अहमदिनेजाद ह्यूगो च्याभेजको नितिले अन्तराष्ट्रिय मानवअधिकारमा पारेको प्रभावकाबारे थियो । ध्रुव वस्नेतको चलचित्र ूबरु मारिदिएको भए हुन्थ्योूले द्धन्द्धकालमा नेपालका पत्रकारहरुले भोगेका कथाहरु समेटेको थियो । मोहन मैनालीको ूपुनेज ट्राउजरू नेपालको द्धन्द्धमा तत्कालीन शाही नेपाली सेनाले बाजरामा मारिएका निर्दोष नागरिकका कथालाई बाहिर ल्याएको थियो । महोत्सवको चौथो प्रदर्शन महिला सवालमा समर्पित थियो । अफगानिस्थानको ू२५ प्रतिशतू चलचित्रमा अफगानी संसदमा महिला सांसदले गरेको संघर्षको कथा थियो । इरानको ूवी आर हाफ अफ इरानस् पपुलेसनू ले इरानी आमनिर्वाचनमा महिला सवालमा दबाबका लागि गरिएको संघर्षको काथा थियो । पाचौं श्रृंखलामा फाँसीवाद सम्बन्धि भारतीय चलचित्र ूअ डे फ्रम ह्याङम्यानस लाइफू प्रदर्शन गरिएको थियो ।

विश्वमा मानवअधिकार विषयक चलचित्र महोत्सवहरु संगठित रुपमा आयोजना हुने गरेका छन् । मानवअधिकारका लागि भनेर अयोजना गरिएका चलचित्र महोत्सव मात्र होइन विश्वको सवै भन्दा पुरानो चलचित्र महोत्सव भेनीसमा पनि मानव अधिकार विषयक चलचित्र प्रदर्शन र पुरस्कृत हुने गर्दछ । अहिले नेपालमा पहिलो पल्ट संगठित रुपमा मानवअधिकार चलचित्र महोत्सवको सुरुवात भएको छ । यस महोत्सव नेपाल र अन्तराष्ट्रमा परिचित भएको छ । यसमा प्रदर्शन भएका चलचित्रत्रहरु विश्वविद्यालय कलेज र अन्य क्लवहरुले प्रदर्शन माग गरेकोले अवबा दिनमा प्रदर्शन अभियान पनि संचालन गरिने छ ।

राष्ट्रिय र अन्तराष्ट्रिय समुदायको प्रतिकि्रयाले आगामी वर्ष अन्तराष्ट्रिय मानवअधिकार चलचित्र महोत्सवको आयोजना गर्न हामीलाई हौस्याएको छ । त्यसैले नेपाल पर्यटन वर्ष २०११ को अवसर पारेर हामीले अन्तराष्ट्रिय मानव अधिकार चलचित्र महोत्सव आयोजना गर्ने घोषणा गरेका छौं । यसको निश्चित मिति भने हामी केही दिनमा सार्वजनिक गर्ने छौं । महोत्सव राष्ट्रिय र अन्तराष्ट्रिय चलचित्रकर्मीहरुका साथै मानवअधिकारको क्षेत्रमा कि्रयाशिल व्यक्तित्वहरुका लागि चलचित्रको माध्यमबाट छलफल र अन्तरकि्रया गर्ने थलोको रुपमा विकास हुनेछ । जस्ले नेपालको मानवअधिकार कला संस्कृतिको साथै नेपालको अन्तराष्ट्रिय छवि निर्माणमा सहयोग पुर् याउने छ । महोत्सवमा प्रदर्शन हुने चलचित्रहरुले नेपाली चलचित्रकर्मीहरुलाई अन्तरराष्ट्रिय चलचित्रहरुको निर्माण स्वरुप र शैलीको बारेमा अन्तरकि्रया गर्दछ र राष्ट्रिय चलचित्रहरुको अन्तराष्ट्रियकरणमा पनि भूमिका खेल्ने छ । चलचित्रकर्मीहरुका लागि क्षमता प्रदर्शनको लागि एउटा माच स्थापना गर्नुको साथै मानव अधिकार विषयक चलचित्रलाई पुरस्कृत गर्दै पनि लगिने छ ।

अन्त्यमा नेपालको चलचित्र जाँचपास समितिले महोत्सवलाई जाँचपास गर्नै पर्ने बाध्यता तेसा्रएर हस्तक्षेप गरेकोले विभिन्न बाधा व्यवधान पनि आइ लाग्यो । जाँचपास समितिको यो हस्तक्षेपको घोर अवज्ञा गर्दै महोत्सव अगाडि बढ्यो । र हाल महोत्सवमा प्रदर्शन हुने चलचित्रहरु सेन्सरमुक्त हुनु पर्ने मागका साथ पेशागत चलचित्रकर्मीहरुको विभिन्न १५ संस्थाहरुको दबावमूलक कार्यक्रम अगाडि बढी रहेको छ । त्यसैले आगामी दिनमा आयोजना हुने कुनै पनि चलचित्र महोत्सवलाई ूसेन्सरू मुक्त गरी अभिव्यक्ति स्वतन्त्रताको सम्मान गरियोस भनि नेपाल सरकारसँग जोडदार माग पनि यसै मन्तव्यबाट गर्दछौं । धन्यवाद ।


पूर्णिसंह बराइली राजेश गंगजु
अध्यक्ष महोत्सव निर्देशक
२०६७ असोज १५

No comments:

Dalan Shooting