Wednesday, January 23, 2008

एउटा कडा कम्युनिष्ट


यज्ञश
कुनै बेला सफदर हासमीस“ग कुममा कुम जोडेर सडक-नाटक गर्थे । राजनीतिक विकृतिमाथि प्रहार गर्ने नाटककै क्रममा एकदिन सफदर सडकमै मारिए । त्यसपछि भने एनके शर्मा मञ्चका नाटकमै बढी व्यस्त हुनथाले । दिल्लीको राष्ट्रिय नाट्य विद्यालयको प्रांगणमा रहेको एउटा ठूलो निमको रूख यिनको अखडा हो । उनका प्रायः नाटकको छलफल र रिहर्सल यही रूखमुनि हुन्छ । यही रूखको छाया“मा यिनले बिहारी मनोज बाजपेयीलाई अभिनय सिकाएका थिए । एनके शर्मा खा“ट्टी कम्युनिस्ट हुन्, पार्टीी कार्यकर्ता । यसैले यिनीस“ग राजनीतिक संवाद गर्ने मन थियो । यसपटकको नाटक महोत्सवमा अनुप बरालले यिनीस“ग चिनाजानी गराइदिए । नेटवा, जब सहर हमारा सोता है, आओ साथी सपने देखें, मुदोर्ंको गाड दो, प्रेसिडेन्ट र कास्मिर उनका केही चर्चित नाटक हुन् । चार वर्षभयो यिनले सरकारी नाटक महोत्सवमा भाग नलिएको । 'यो फेस्टिबल ठूला सहरका मान्छेका लागि मात्र भएको छ । नाटक छनोट गर्नुअघि यिनी 'कु...हरू' नाटकको सिडी माग्छन् । एउटा सानो बजारको नाटक टोलीले कसरी सिडी पठाउन सक्छ - सिडी माग्न थालेपछि मैले यो महोत्सव बहिस्कार गरेको हु“,' कारण यसरी खुल्यो । गोलाबाट हुरुरुरु निस्किने अरिंगालजस्तो यिनको मुखबाट गाली निस्किन्छ । र, रेलको इन्जिनजसरी धुवा“ पनि निस्किरहन्छ । एउटा चुरोट सकिन नपाउ“दै उनी अर्को सल्काइहाल्छन् । ब्रान्ड हो विल्स् । भेटेको पहिलो दिन मैले यिनलाई उपहारस्वरूप एक खिल्ली नेपाली चुरोट 'टक्रयाएको' थिए“ । भोलिपल्ट अन्तर्वार्ता गरौं सर, भन्दा यिनले भने- 'तेरो नेपालको अर्को पनि चुरोट ख्वा, साले १ एक खिल्लीमा अन्तर्वार्ता हुन्छ -' जब कुरा सुरु भयो, यिनले नाटकका बारेमा मात्र बोलेनन्, गुजरातमा नरेन्द्र मोदीले फेरि जितेकोमा एकपटक खेद व्यक्त गरे, नेपालको राजनीति सही दिशामा जान लागेकामा खुसी व्यक्त गरे र पश्चिम बंगालमा कम्युनिस्टलाई खेदिएकामा आक्रोशित पनि भए । असीजति नाटकको निर्देशन गरिसकेका यिनी प्रायः पुराना नाटक गर्दैनन् । 'अहिलेसम्म जम्मा दुइ पुराना नाटक गरेको छु, बा“की सबै नया“ लेखाउ“छु,' हातमा 'कटिङ चाय' को सानो प्याला लिएका उनले यो गर्वानुभूतिलाई चियाको सर्कोस“गै सुर्क्याए । सधै“ नया“ नाटक किन त - 'नाटकको एउटा सामाजिक भूमिका हुन्छ,' उनको अमूत उत्तर आयो । यसमा म सन्तुष्ट थिइन“ । बुझाइदिन भने“ । अलि चर्को स्वरमा उनले अर्थ्याए, 'कलाकारले के बोलिरहेको छ, के भनिरहेको छ, त्यो हर्ेर्नेले बुभ\mने त हुनुपर्‍यो, मर्ूख । यसका लागि वर्तमानको कुरा हुनुपर्‍यो । वर्तमानमा नै सबैभन्दा बढी दर्शकको प्रतिक्रिया हुन्छ । नाटकले इतिहास पढाउने होइन ।' त्यसो भए के पहिले लेखिएका सबै नाटक जलाइदिए हुन्छ त - यो प्रश्न सुन्नेबित्तिकै उनी भड्किए- 'त“ मलाई चाट्दै छस् कि त“लाई केही आउ“दैन ह“ -' यो धम्कीपछि उनको उत्तर पनि आयो, जुन यस्तो थियो- 'पुराना पनि राम्रा छन्, तर सबै अहिलेको समयस“ग तादात्म्य मिल्ने खालका छैनन् । यदि तेरो नाटक धेरैलाई देखाउनु छ भने कही“ न कही“बाट तिनलाई छुने विषय हुनुपर्छ ।' अहिलेसम्मको विश्व-साहित्यमा सबैभन्दा महान् मानिएका नाटककार सेक्सपियर पनि पुरानो समयका थिए । तर, यी बूढाले त पुरानालाई झुत्रे-झाम्रे नै भन्न थाले । यसैले मैले सेक्सपियरको बाण हाने“ । 'त के गुरुजी सेक्सपियरलाई पनि अब बिदा गरिदिए भयो -' बूढा फेरि झोक्किए- 'महान्को कुनै सीमांकन हु“दैन, त“ भन्न सक्छस् के गर्‍यो भने महान् भइन्छ - महान् कोही हु“दैन, उसको प्रतिभा र काम महान् हुन्छ । सेक्सपियर महान् हो । किनभने उसले चार-पा“च सय वर्षघि लेखेका नाटक अहिले पनि सान्दर्भिक छन् । भन्नेले उनलाई राजारानीका नाटक लेख्ने बर्ुर्जुवा पनि भने । तर, सेक्सपियरका सबै नाटकभित्र जनता छन् ।' बूढाले 'यु र्टन' मारेर सेक्सपियरको उपद्रो गुण गाउन थालेपछि मैले अर्को पासो थापे“- 'के हिन्दीमा वा नेपालीमा लेखेको भए पनि सेक्सपियर उत्तिकै महान् कहलाइन्थे होला -' यसमा उनी पहिलेजस्तो जंगिएनन् बरु हा“से । 'हो, यस धर्तीमा अंग्रेजी साम्राज्यवाद जबर्जस्ती लादिएको छ । तर, सेक्सपियरको साहित्य भाषाभन्दा माथि छ । उनले मेरो हिन्दी वा तेरो नेपालीमा लेखेको भए पनि उत्तिकै महान् हुन्थे । तै“ले मार्खेज र कामुलाई कसको भाषामा पढिस् - तिनले त कहिल्यै अंग्रेजीमा लेखेनन् । तर, त“ तिनको पढ्छस् । यदि कुनै तेरो वा मेरो लेखकले त्यस्तै लेख्यो भने ती पनि पढिनेछन् । मूल कुरा के हो भने त्यो कति 'युनिभर्सल' छ भन्ने हो,' उनले भाषणको अन्त्य गरे । मैले फेरि अर्को खोचें थापे- युनिभर्सल चाहि“ कसरी हुन्छ नि, सर - 'तेरा कुरा जति सूक्ष्म हुन्छन्, ती त्यति नै 'युनिभर्सल' हुन्छन् ।' महान् र युनिभर्सलपछि अब म नाट्यकर्मका विषयमा यी कम्युनिस्टलाई केही प्रश्न गर्न चाहन्थे“ । अनुप बराल हाम्रो छेउमा थिए । घरि-घरि यी बूढा मलाई थर्काइरहन्थे- 'तै“लै देखिस्, यहा“ कति क्यामेरा लिएर घुमिरहेका छन् । ती सबैले मलाई इन्टरभ्यू दे भन्छन् । तर, म दिन्न“ । यो अनुपले भनेको भएर त“स“ग कुरा गरेको ।' उनले अनुपको प्रभावको व्याख्या गरेका हुन् कि आफू कति 'घामड' छु भन्ने जनाएका हुन्, खुलेन । 'नाटकलाई सम्भ्रान्तहरूको कला भनिन्थ्यो । अहिले यो जनताको कला हो कि सम्भ्रान्तकै हो -' यो अलि कडा प्रश्न थियो क्यारे १ 'त“लाई कसले भन्यो, नाटक सम्भ्रँन्तको कला थियो भनेर, दिमागमा यस्ता अन्टसन्ट बोकेर नहि“ड्' यो अर्तिपछि उनी फेरि पड्किए, 'साला १ नाटक कहिल्यै एलिटको थिएन । कलालाई कला मात्र बनाउने चक्करमा यसबाट जीवन गायब हुनथाल्यो, मान्छे गायब हुनथालेका हुन् ।' उनले लामो व्याख्या गरे । कसरी नाटकलाई राजनीतिभन्दा टाढाको विषय भनेर 'घटिया राजनीति' सुरु गरियो, किन बलिउडको फैलावटले नाटकलाई फरक पर्दैन आदि । 'नाटक सधैं राजनीतिक हुन्छ । तर, नाटक राजनीतिक हुनु हु“दैन भनेर भारतमा नाटकको राजनीति गरियो । बलिउड 'मास आर्ट' हो । यो व्यापारिक कला हो, नाटक सांस्कृतिक ।' यिनले अभिनय सिकाएका पा“च सयजति कलाकार अहिले बलिउडमा छन् । कोही स्टार बनिसके, कोही संर्घष्ा गर्दै छन् । कति त, बम्बैबाट फर्किएर उनीस“ग बिदा मागेर गाउ“ नै फर्किसके । उनलाई मैले सोधें- सिकेर अभिनय हुन्छ कि त्यो आपै+mभित्र हुनर्ुपर्छ - 'सबैभन्दा ठूलो कुरा जीवन हो । नाटकका लागि जीवन होइन, जीवनका लागि नाटक हो । तै“ले बा“च्न सकिस् भने, अभिनय आप\m-से-आप\m आउ“छ,' काला दा“त, सेतै फुलेका पातला दारी र वजनदार आवाज भएका यी जीवन्त मान्छेले भने- 'खुल्के, बिन्दास जिओ, तब मजा आएगा जिनेका ।' अब सा“च्चिकै नाटकको राजनीतिकरणका विषयमा कुरा सुरु भयो । उनले सुरुमै भने- 'जसरी अमिर-गरिब भगवान्ले बनाउने होइन भनेर अझै बुझाउन सकिएको छैन, यसैगरी नाटक पनि सत्ताको साधन बन्छ भनेर हामीले बुभ\mन सकेका छैनौं ।' दक्षिण एसियाली नाटकले राजनीतिलाई कसरी प्रभावित पारिरहेका छन् त - यस प्रश्नमा उनले लेख्न नमिल्ने, सालेभन्दा अलि कडा गालीबाट कुुराको सुरुवात गरे । 'स्थिति एकदमै खराब छ, विश्वव्यापीकरणका नाममा अहिले पूरै दुनिया“लाई अमेरिकाको चंगुलमा हाल्न खोजि“दै छ ।' नाटक र नाटककारले किन यसका विरुद्ध आवाज उठाउ“दैनन् त - उनले भने, 'मुला, नाटकबाट दुनिया“ परिवर्तन हुन्छ - हुन्थ्यो भने पूरै अमेरिका हलिउड भइसक्नुपर्ने । हामीले त केवल खबरदार गर्न सक्छौं, आदेश दिन सक्दैनौं । तेरो काम पनि त्यस्तै हो । त“ पनि कसैले खराब गर्दै छ भने, त्यसको सूचना दिन सक्छस्, त्यसलाई रोक्नु तेरो बसको कुरा होइन,' उनले सूक्ति वचनमा पनि बीच-बीचमा गाली घुसाइरहे र एउटा गम्भीर फैसला सुनाए- 'राजनीतिले नाटकलाई परिवर्तन गर्छ ।' अब मलाई नाटकको कुरा पुग्यो भन्ने लागिसकेको थियो । यसैले म यिनलाई राजनीतिको बाटोमा घिच्याउन चाहन्थे“ । मैले नेपालको वर्तमान राजनीतिक स्थिति र भारतीय दृष्टिकोणका बारेमा सोधे“ । 'नेपाल सकारात्मक दिशामा जा“दै छ, तर केही अतिवादीका कारण अलि कष्ट पनि आउन सक्छ,' आप\mनो दृष्टिकोण उनले राखे । मैले जान्न चाहे“- यस्ता अतिवादी त्रि्रै देशमा लुकेर नेपालमा वितण्डा मच्चाउन खोज्दै छन् रे नि १ उनी अलि उदास देखिए, 'हो, मैले पनि त्यस्तो सुनेको छु, खासगरी धर्मका नाममा यस्तो केही हु“दै छ भन्ने । जबदेखि धर्मका कुरा राजनीतिमा जोडियो, कुरो त्यही“बाट बिग्रिएको हो । धर्म भनेको मानिसको नितान्त निजी कुरो हो, सेक्सजस्तै । तर, पापीहरू धर्मका नाममा राजनीति गरिरहेका छन् ।' यही मेसोमा हालैको गुजरातको चुनाव र हिन्दूवादी मुख्यमन्त्री नरेन्द्र मोदीको विषय पनि उठ्यो । 'मोदी कुनै ठूलो कुरा होइन,' कसै गर्दा हराउन नसकेका मोदीलाई उनले केही होइन भने, 'मेधा पाटकर र आमिर खानजस्ताले मोदीलाई ठूलो बनाइदिए ।' लौ, यी बूढा त उल्टो बाटोमा हि“ड्न थाले बा १ 'कसरी -' मैले व्यग्र भएर सोधे“ । 'एनजिओले देश परिवर्तन हुन्छ कही“ - मेधा र आमिरले एनजिओ संस्कृतिलाई बढावा दिए,' उनले अर्को फैसला सुनाए- 'एनजिओ साम्राज्यवादीले निकै विचार पुर्‍याएर सुरु गरेको अभियान हो ।'

No comments:

Dalan Shooting