Thursday, August 9, 2007

दलित आन्दोलनकर्मी आठ घण्टा पछी रिहा


दलित नागरिक आन्दोलनले संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरी संविधानसभा लगायत राज्यका हरेक निकायमा दलित समुदायको समानुपातिक २० प्रतिशत प्रतिनिधीत्व हुनु पर्छ भन्ने लगाएतका मागहरु लिएर आन्दोलनका कार्यक्रमहरु संचालन गर्दै आई रहेको छ । त्यसै अनुसार विगत २ दिन देखि अवज्ञा आन्दोलन निषेधीत क्षेत्रमा प्रर्दशन गर्ने क्रममा िसंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्दा आज प्रहरी र प्रदर्शनकारी विच करिव एक घण्टा झडप भएको थियो । सोही झडप पछि प्रहरीले ४९ जना दलित आन्दोलनकारीलाई गिरफ्तार गरि कमलपोखरी र अनामनगर प्रहरी कार्यालयबाट आठ घण्टा पछी साँझ छ बजे रिहा गरेको छ।
गिरफ्तार पछि प्रहरीले महिला आन्दोलनकारी माथि अभद्र व्यवहार गरेको पनि अनामनगरमा रहेका आन्दोलनकारीहरुले बताएका छन् ।
गिरफ्तारमा परेका आन्दोलनकारीहरुको नामावली यसप्रकार रहेका थिए । कमलपोखरी वडा प्रहरी कार्यालयमा मोतीलाल नेपाली अर्जनकमार वगाले पूर्णिसंह बराईली दिलीप नेपाली गौरा नेपाली सहेस विश्वकर्मा सीताराम विश्वककर्मा जयराम नेपाली बुद्धिराम विश्वकर्मा श्यामकुमार विश्वकर्मा कृष्ण रणपाल अमृत विश्वकर्मा राजकुमार परियार चक्र बराईली कृष्णबहादुर रणपाल रामकुमार सुनाम निर्मल िसंह सन्तोष दर्नाल शैलेन्द्र परियार हरि विक माया लम्साल मिना शंकर सुरेश गान्धारी रहनु भएको थियो भने अनामनगर वडा प्रहरी कार्यालयमा विनोद पहाडी दिपक परियार सुभास दर्नाल ललित परियार राम नेपाली सरिता परियार ओमअधिकारी परियार विनोद परियार अर्जन राई चरिबहादुर गहतराज अर्जन विश्वकर्मा मोहन शंकर ओमप्रकाश रामदाम अशोक दर्नाल पाण्डप केसी शोभा विक रेम विश्वकर्मा सुनिता कटुवाल हरि नेपाली पुजन विश्वकर्मा विरेन्द्रिसंह पुरी विना सुनार प्रकाश महरा भागीरथ चापागाई दिपक विश्वकर्मा केशव न्यौपाने रहनु भएको थियो

No comments:

Dalan Shooting