Sunday, October 11, 2015

परस्त्रीगमन

कथा
पात्र-परिचय
वास्तवमा यो कथा मेरो एकजना मित्रको हो। खै उसलाई मित्र भनूँ कि नभनूँ ? 'मित्र' शब्दले अचेल पहिलेपहिलेको जस्तो अर्थ दिन छाडेको छ । त्यसैले उसलाई 'परिचत'मात्र वा 'अलि बढी परिचत' भन्दा हुन्छ। नाम हो उसको बीआर अर्थात् बाबुराम। 
 
नामतिर नजानुस्। नाममात्र सुन्दा त ऊ साह्रै सोझो गौप्राणी लाग्नसक्छ तपाईंलाई। तर छ ऊ नम्बरी धुरन्धर। धुरन्धर कुन अर्थमा भने-उसले नजानेको कुरा अथवा उसले थाहा नपाएको विषय यस असार संसारमा सायदै होला। उसको समग्र व्यक्तित्वलाई बुझाउन 'धुरन्धर' शब्द पनि अपर्याप्त छ त्यसैले।
 
उसको भित्री र बाहिरी दुवै व्यक्तित्वको चित्र उतार्ने यथासम्भव प्रयास गर्दै म यहाँ रत्तिभर कन्जुस्याइँ नगरी अरूरु केही पर्यायवाची किसिमका लोकप्रचलित शब्दहरू पस्कँदै छु, जस्तै-चालू, घाँघ, चतुरचम्बु, चल्तापुर्जा, खली, खुर्राट, चङ्ख, डेढअक्कली, खलिफा, छट्टु, धुर्त, नकचरो, लम्पट आदिआदि। उपर्युक्त सारा विशेषण जोर्दा पनि अझै उसको खूबी प्रस्ट पार्न नसकेको खिन्नताबोध-मभित्र पहाडी खहरे बनी गडगडाइरहेको छ यस बेला।
 
यस्तो छ हाम्रो कथाको नायक। के गर्ने-जमानाअनुसारको नायक कथामा राख्नुपर्ने बाध्यता ! यो नायक परम्पिरित नायकजस्तो न 'धीरप्रशान्त' छ, न 'धीरोदात्त', न 'धीरललित' नै। बरु 'धीरोद्धत' नायकमा पाइने केही गुन (बैगुन ? ) हाम्रो यस कथाको नायकमा नपाइने होइन।
 
अब कथानायक नै यस्तो 'दगाबाज', 'छली', 'असाधु' भएपछि नायिका पनि बत्तीस लक्षणले जुरेकी 'स्वकीया' नभएर 'परकीया', 'सामान्या', ‘पद्मिनी', 'हस्तिनी', ‘खण्डिता', 'अभिसारिका', 'भोग्या' अझ ‘सर्वभोग्या’ हुनु पनि कुनै आश्चर्यको कुरो भएन।
 
हाम्रो यस कथामा अझ एकजना लम्बरी सहायक पात्र पनि छ। उसको परिचय कथा आफैंले यथास्थान, यथासमयमा तपाईंलाई दिने नै छ। त्यस सहायक पात्रलाई चरित्रहरूको कुन कोटीमा राख्ने हो पाठक ! त्यो तपाईं आफैंले विचार गर्नुहोला।
 
मैले माथि नै भनिसकेँ, म यो कथाको प्रस्तोतामात्र हुँ, भोक्ता होइन । यस कथाको भोक्ता अर्थात् नायक (खलनायक ? ) उही मेरो ‘अलि बढी नै परिचत' व्यक्ति 'बीआर' अर्थात् बाबुराम हो। अब अगाडिको कथा उही मेरो परिचित अधीर अशान्त, अधीर लम्पट नायकको मुखारबिन्दबाट सुनौं।
 
नायिका-भेट
बिल्डिङको अन्डरग्राउन्डमा पार्किङ गरेर कारमा सिसा चढाउँदै थिएँ । त्यत्तिकैमा एउटा स्कुटी आएर मेरो कारको दाहिनेपट्टि रोकियो । उसले स्कुटी स्ट्यान्ड गरुन्ज्याल कार लक गरेर म बाहिर निस्किसकेको थिएँ।
 
उसले हेलमेट निकै लयबद्धताका साथ टाउकोबाट झिकी । म उसैलाई हेर्दै ढोकाको हेन्डल जाँचेको अभिनय गर्दै थिएँ। उसले साह्रै नै बेवास्थाका साथ एक नजर मतिर हुत्याई, अनि देब्रे हातले हेलमेट समातेर लमकलमक लम्कँदै ऊ मेरै अगाडिबाट गई। ऊसितको मेरो पहिलो भौतिक साक्षात्कार यही थियो।
 
उसलाई पहिलो पटक गर्भगृह (बेसमेन्ट)मा देख्दाका दुई विम्ब म रिवाइन्ड गरेर बेलाबेला सम्झने प्रयास गरिरहन्छु। पहिलो विम्ब हो सुगन्धको। उसले त्यस दिन केही विशेष विदेशी परफ्युम प्रयोग गरेकी थिई। र ऊ मेरो अगाडिबाट जाँदा जुन सुगन्धको संसार निर्माण भएको थियो त्यो आज पनि मेरो मानसमा जहाँको तहीँ छ, टक्क अडेको।
 
दोस्रो विम्ब, उसले त्यस दिन साह्रै कसिलो सेतो रङको पाइन्ट र सेतै रङको हाइहिल सेन्डल लगाएकी थिई । कसिएको पाइन्टमा उसका ठूलाठूला तर मिलेका गोलाकार नितम्बहरू अटसमटस बनी निस्सासिएर दबिँदै-उकासिँदै गरिरहेका-पछाडिबाट धीत मरुञ्जेल मैले हेरेको थिएँ। र ती उछिट्टिएका बिछट्टै मन लोभ्याउने नितम्बहरू उसको अनुहारभन्दा पहिले मेरो मस्तिष्कमा रेकर्ड भएका वस्तु थिए।
 
बिल्डिङको तेस्रो तलामा ब्यांक थियो । एउटा काउन्टरबाट एटीएम कार्डका लागि फारम लिएँ र कुनाको फराकिलो डेस्कमा राखेर भर्न थालेँ। फारम भरिसकेर हस्ताक्षर गर्नै लागेको थिएँ, कुनै स्वास्नीमान्छेले पछाडिबाट आफूलाई डाकिरहेको सुनेँ। उसको आवाज मन्दिरमा झुन्ड्याइएका ससाना बतासे घन्टी बजेझैं सुमधुर र टड्कारो थियो।
 
फर्केर हेरेँ। उही अन्डरग्राउन्ड पार्किङमा केही छिनअघि देखिएकी युवती मलाई भनिरहेकी थिई, '...एक्स्क्युज मी, के म तपाईंको पेन बरो गर्न सक्छु, एकै छिनलाई?' ‘स्योर !' फारममा हस्ताक्षर गरिसकेर पेन उसको हातमा राखिदिँदै मैले उसलाई भोकाएका आँखाले छामछामछुमछुम गरिरहेँ। ऊ फारम भर्नमा तल्लीन थिई।
 
काउन्टरमा फारम बुझाइसकेपछि एटीएम कार्ड हात पार्न लगभग घन्टा पौने घन्टा कुर्नुपर्ने बाध्यता दुवैको थियो। ऊ मेरो छेउमा उभिएर मोबाइलमा गफ्फिइरहेकी थिई कसैसँग। म भने उसका एकएक अंग-प्रत्यंग र हाउभाउ नियालिरहेको थिएँ। ऊ हरेक कोणबाट स्मार्ट र सम्भ्रान्त देखिन्थी।
 
मैले पनि आफ्नो मोबाइल सेट झिकेँ र उसले थाहा नपाउने गरी विभिन्न कोणबाट उसका आधा दर्जनजति फोटो खिचेँ। ऊ अझ पनि फोनमा कुरा गरिरहेकी थिई।फोनमा कुरा सकेर शिर उठाएपछि एकै छिनलाई उसका आँखा मेरा आँखासँग जुधे। 
 
सामान्य शिष्टाचारवश ऊ मतिर हेर्दै मुस्कुराई । मभित्रको अनुभवी खेलाडीले त्यो सुनको सिक्काजस्तो मौका हातबाट उम्कन दिएन। ऊसित कुरा गर्ने बहाना साथै विषयवस्तु दुवै फेला पारिसकेकाले संवाद यसरी थालेँ।
 
‘पोस्ट पेड हो ?'
'होइन... प्रिपेड हो।'
'कति भयो लिनुभएको?'
 
'जमाना भइसक्यो। अस्ति, माघ १९ मा बन्द हुनुभन्दा एक डेढ वर्षअगाडि लिइसकेकी थिएँ। बरु, तपाईंको सेट मलाई मन पर्‍यो। लेटेस्टजस्तो छ नि !'
उसको प्रश्नको उत्तर दिँदै मैले निकै ठूलो गफ हाँकेँ। 
 
हुँदै नभएका दिदी-भिनाजु बोस्टन, अमेरिकामा छन् र यो नेरु ९० हजार पर्ने भर्खरै त्यहाँको बजारमा आएको मोबाइल सेट उनीहरूले एक साताअघि मात्र पठाइदिएको गफ दन्काएँ। मेरा दिदी-भेना अमेरिकामा ग्रिनकार्ड होल्डर छन् भन्ने चारोसहितको बल्छी उसले निकै उत्सुकतासहित निलेकी थिई। 
 
त्यसपछि त उसले कुरैकुरामा आफ्नो युरोप, अमेरिका पुग्ने सपनाका बारेमा बेलीबिस्तार नै लगाएकी थिई । लगभग घन्टा पौने घन्टा कुरा गरिसक्दा पनि उसले आफ्नो नाम 'श्रेया' बाहेक अरू कुनै व्यक्तिगत कुरा खुलाएकी थिइन।जे होस्, छुट्ने बेलामा उसको मोबाइल नम्बर मसित थियो। अनि मेरो अर्थात् ‘बीआर’को मोबाइल नम्बर आफ्नो सेटमा उसले चढाएकी थिई ।
 
नायिका माहात्म्य
ब्यांकमा भेट भएको पर्सिपल्ट उसलाई मोबाइलमा सम्पर्क गरेको थिएँ। तुरुन्तै उताबाट उही ससाना बतासे घन्टी बजेझैं टड्कारो तर मोहक स्वर सुनिएको थियो, ‘हेलो बीआरजी ! यति छिटो सम्झनुहोलाजस्तो लागेको थिएन। सम्झनुभएकोमा धन्यवाद !'
 
उसले त्यसरी पुरानो परिचितसित कुरा गरिरहेझैं बातचित थाल्नुलाई मैले उसको सम्भ्रान्त संस्कार साथै उदार मानसिकताको परिचायक ठानेँ र कुराकानीलाई उस्तै पारामा अगाडि बढाएँ।सायद चौथोपटक मोबाइलमा कुराकानी हुँदा मैले धेरै भूमिका बाँधेर उसलाई भनेको थिएँ, ‘तिमीसित फोनमा कुरा गरेर धीतै मर्दैन । फुर्सत मिलाउन सकिन्छ भने भोलि भेटौं न।'
 
त्यसरी हतारिएर भेट्ने प्रस्ताव राख्दा उसले गलत ठान्ने पो हो कि भन्ने पिरलोले मुटु ढुकढुक भएको थियो मेरो। केही बेर ऊ केही नबोली चुप लागेकी थिई। ती क्षणहरूमा मलाई लागेको थियो-मैले हौसिएर हतार गर्दा खेल बिग्रने भयो। 
 
सायद ऊसितको सम्बन्ध यसरी नै निमिट्यान्न हुनु थियो। मेरो मनमा लगातार ढ्यांग्रो बज्दै थियो। त्यति नै बेला उसले गह्रुँगो आवाजमा सोधेकी थिई, ‘कति बेला भेट्ने ? ...कहाँ भेट्ने?'
 
उसको प्रश्नले सम्पूर्ण संशय, उकुसमुकुस र अपराबोधबाट एकाएक मलाई मुक्ति दिलाएको थियो। भोलिपल्ट दिउँसो हामी महँगो रेस्टुराँको एकान्तमा थियौं। उसले हलुका फिरोजी रङको सर्ट र क्रिम रङको केही खुकुलो पाइन्ट लागाएकी थिई, अनि घाँटीमा उसको क्रिस्टलको टहकदार माला थियो।
 
यति सामान्य प्रसाधनमै ऊ असामान्य लावण्यले भरिएकी देखिँदै थिई। उसले ताजा स्ट्रबेरी जुसबाहेक अरू केही खान मानिन र धेरै बेर बस्दा पनि बसिन। सामान्य कुराकानीमात्र भयो हामीमाझ। त्यसपछिका चारपाँच भेट पनि संक्षिप्त थिए। उल्लेखनीय कुरा वा सम्बन्धमा प्रगति भएन नै मान्नुपर्छ। साँचो भनूँ भने उसको कुलीन र स्मार्ट व्यक्तित्वसामु केही दबिएको महसुस गर्थें म आफूलाई।
 
उसलाई त्यसरी पटकपटक भेटिरहँदा एउटा ठूलो लाभ भने मलाई भयो, उसको व्यक्तित्वका विशेषताहरूलाई नजिकबाट नियाल्ने, बुझ्ने मौका मैले पाएँ। कुनै पनि स्वास्नीमान्छेसित सुन्दर अनुहारबाहेक कुनै एउटा विशेषता हुनु नै पर्याप्त मानिन्छ।
 
तर उसमा मुहारको विशिष्ट सौन्दर्य त थियो नै, त्यसबाहेक उसको व्यक्तित्वलाई विशेष बनाउने चारवटा अमूल्य सम्पदा थिए ऊसित। पहिलो-आदिम मादकतासहित बलिरहेका उसका दीप्त आँखा, दोस्रो-न अग्लो न होचो साह्रै मिलेको जीउडाल, तेस्रो-सुनिरहूँ सुनिरहूँ लाग्ने उसको मधुर मोहक-आवाज जसमा मान्छेलाई मन्त्रमुग्ध पार्नसक्ने अनौठो मृदुल आवेग र उद्वेलन समाहित थियो, अनि चौथो थियो, उसका मिलेका दिव्य ओठ र ती ओठहरूले उब्जाउने करोडौं रुपियाँको मुस्कान !
 
थाहा छैन, कुन्नि किन जति पटक भेट्यो ऊ मलाई त्यति त्यति नै मन पर्दै जान थालेकी थिई। उसमा कुन्नि कस्तो आकर्षण थियो-दिनमा एक पटक मोबाइलमै भए पनि ऊसित कुरा गर्न नपाउँदा म रन्थनिन थाल्थेँ । सुस्तसुस्त ऊ मेरो दिनचर्याको आवश्यकता बन्दै जाने क्रममा थिई।
 
आठौं पटकको भेटलाई केही अर्थमय बनाउन मैले उसलाई सपिङ सेन्टरमा लगेको थिएँ र उसलाई मन पर्ने लुगाफाटाहरू कर गरीगरी रोज्न लगाएको थिएँ। पहिलो पटक २२ हजारका लुगा किनिदिँदा, मैले उसमा कुनै असामान्य खुसी वा हर्ष छचल्किएको देखिनँ। 
 
दोस्रो पटक ३५ हजारका गहना किनिदिँदा उसले यतिमात्र भनेकी थिई, ‘गहना लाउने रहर अब ममा उति छैन।'गहना किनिदिएको दिन उसलाई मैले ककनीतिर डुल्न जाऊँ भनी प्रस्ताव राखेको थिएँ। एक किसिमसित लयबद्ध ढंगले शिर हल्लाउँदै मुस्काएकी थिई ऊ। अर्थात् 'हुन्छ जाऊँ' को संकेत दिएकी थिई उसले त्यसरी।
 
कारमा हामी ककनी पुगेका थियौं र फर्कंदा बाटामै अँध्यारो भइसकेको थियो। पहाडी ओरालोमा एक ठाउँमा मैले कार रोकेँ। हामी दुवै बाहिर निस्क्यौं। तल रातिको काठमान्डु झिल्मिलाइरहेको थियो। 
 
हामी जहाँ उभिएका थियौं परपरसम्मन् त्यो ठाउँ निर्जन थियो, वरपर सब थोक रात्रिको अँगालोमा सामसुम्म थिए। ऊ मेरो काँधमा च्यूँडो बिसाएर तल हेर्दै थिई। तल छरपस्टिएर परपर फिँजिएको काठमान्डु बिराना बत्तीहरूमा टोलाइरहेको थियो। 
 
उसको देहको अपार्थिव सुगन्धले मलाई लठ्याउँदै विभोर तुल्याइरहेको थियो। तिनै क्षणहरूमा उसलाई मैले हातमा समाएर बिस्तारै आफूतिर तानेको थिएँ। आफ्नो सम्पूर्ण सजीवता र आदिम रहस्यहरूसहित ऊ मेरो अँगालोमा बाँधिएकी थिई। 
 
मैले आफ्ना उत्तप्त ओठहरू लगेर उसका कोमल ओठहरूमा निर्ममतापूर्वक जोतेको थिएँ । उसको सक्रिय सहभागिता थपिँदै गएपछि चुम्बन लम्बिएर प्रगाढ बनेको थियो।
 
नायक अर्थात् 'आफू' माहात्म्य
(कुनै चलचित्र पत्रिकामा प्रकाशित अन्तर्वार्ताबाट साभार)
‘अब तपाईंलाई के ढाँट्नु-यो जिन्दगीमा केटी जाबो, कति पट्याइयो कति। गिन्ती यकिन छैन, तर सय सवा सयभन्दा बढी नै अविवाहिता, विवाहिता, सदवा, विधवा स्वास्नीमान्छेको मायाजालमा फसियो वा भनौं फसाइयो होला। अलगअलग उमेर र शरीरका, थरीथरी स्वाद र स्वभावका स्वास्नीमान्छेसित-लसपस, समागम, रतिराग र अभिसारका लामालामा अध्यायहरू उधिनेर आफू पारंगत बनेको सम्झँदा मलाई आफैँप्रति गर्वबोध हुन्छ।
 
फकाएर हुन्छ कि, ढाँटेर-छलेर हुन्छ कि, अभिनय गरी विचलित तुल्याएर हुन्छ कि, जस्तासुकै स्वास्नीमान्छे लठ्याएको र उनीहरूलाई अघाउन्जेल भोगेर तृप्त बनाएको र आफू तृप्त भएको पूर्वकथाका खातैखात छन् मसित।
 
स्वास्नीमान्छेको माम्लामा मित्रहरू मलाई आधुनिक ‘कृष्णजी’ अनि एक्काइसौं शताब्दीको 'क्यासिनोभा' भनी फुक्र्याउछन्। मित्रहरूले फुक्र्याए पनि नफुक्र्याए पनि मलाई थाहा छ-स्वास्नीमान्छेको माम्लामा उनीहरूले ठानेभन्दा म बढी नै छु हुँला, घटी त कदापि छैन।
 
कहिले कतै त म आफैंलाई आफू मायावी छु जस्तो लाग्छ। मायावी आफ्नी स्वास्नीको माम्लामा पनि। स्वास्नी आधुनिक छे, पढेलेखेकी छे, सरकारी जागिरे छे र पनि ऊ मलाई लिएर मोहनिद्रामै हुन्छे। उसका निम्ति म सधैं जुनसुकै अवस्था र स्थितिमा पनि 'पतिपरमेश्वर' हुँ÷छु।
 
मेरो घरबाहिरको जिन्दगीसित उसलाई कुनै चासो, मतलब, सरोकार वा खसखस केही थिएन÷छैन। भन्छे ऊ, 'मर्दका सयवटी जोई, घरबाहिर दसवटी राखून्, त्यो उनको पौरखको कुरो। तर घरभित्र सौता हुल्न ल्याए भने बाँकी राख्दिनँ।'
 
स्वास्नीका यिनै कुराले हौसिएर पनि होला-परस्त्रीप्रति मेरो लोलुपता अलि बढी नै रह्यो र परस्त्रीगमनका निम्ति म हमेसा लालायित रहेँ। मेरो कार्यक्षेत्र अर्थात् चलचित्र निर्माण व्यवसायमा म लागेको हुनाले पनि भोगविलासका अवसरहरू आफूले नचाहँदानचाहँदै मलाई आइलाग्ने गर्छन्। तर, परस्त्रीगमन जतिसुकै गरेको भए पनि वेश्यागमन भने मैले कहिल्यै गरेको छैन। यस कुरोमा भने कताकता मलाई गहिरो सन्तोष छ।
 
...सुनको जाल
ऊ अर्थात् 'श्रेया' मेरो निम्ति सुनको माछी थिई। कहिले महँगामहँगा लुगाफाटा किनिदिएर, कहिले प्लेटिनम र सुनका गरगहना उपहार दिएर म ऊजस्ती सुनको माछीका निम्ति सुनकै जाल बुन्दै थिएँ। 
 
सुरुसुरुका भेट र कुराकानीमा ऊ ‘अमेरिका ! अमेरिका !!' मात्र अलापिरहन्थी, अनि अमेरिका जाने भिसाका लागि कोसिस गरिदिन मसित बारम्बार आग्रह गरिरहन्थी। मलाई अचम्म लाग्थ्यो र मनमा शंकाले शिर ठड्याउँथ्यो-ऊ यदि सम्पन्न कुलीन घरानाकी छोरी हो भने उसलाई अमेरिका जाने यत्रो रडाको किन? 
 
अनि आफ्नो चित्त बुझाउँदै आफैंलाई सम्झाउँथेँ, 'धत् लाटा! तँ यति सानो कुरा पनि बुझ्दैनस्-उसको परिवार कुलीन र पुराना धनीमानी भए पनि हाल सम्पन्न नरहेका हुन सक्छन्। अनि अर्को कुरो- ऊ धन कमाउन नभई उच्चशिक्षाका लागि वा कुनै अन्य व्यक्तिगत कारणले पनि त अमेरिका भासिन खोजेकी हुन सक्छे।'
 
ऊसित निकै झ्याम्मिसकेपछि पनि कुन्नि के दकसले हो- मैले उसको घरपरिवारबारे सोध्ने आँट बटुल्न सकेको थिइनँ । सायद सोधेको भए ऊजस्ती खुला मिजासकी केटीले कुरो लुकाउने थिइन पनि होला। तर, मैले नै निच मारेर उसको व्यक्तिगत जीवनतिर बढी चियाउने प्रयोजन ठानिनँ। 
 
केही समयपछि भने उसले अमेरिका जाने कुरा गर्न छाडेकी थिई र मैले पनि त्यो अप्रिय प्रसंग नकोट्याउनु नै बेस ठानेँ।ककनीबाट फर्केको एक साताजति पछि एकाबिहानै उसले मलाई फोन गरी, ‘... बीआर, तपाईंले मलाई के ठानेको हो कुन्नि?'
कत्ति पनि विचलित नभई उसले मतिर हेरी र खिसीको हाँसो हाँस्दै भनी, ‘तपाईंसित मैले ऋण लिएकी थिइनँ। मोजमज्जाको मोल असुलेकी थिएँ। मलाई लाग्छ-तपाईं र ममाझ हिसाब बराबर भइसकेको छ।'
 
‘किन? ...के भयो र श्रेया?'
‘हैन, मलाई भन्न साह्रै अप्ठ्यारो लाग्दैछ।''मसित अप्ठ्यारो मान्नु पर्दैन । भन न, मैले गर्नसक्ने कुरो भए तिम्रा लागि मैले नगरूँला जस्तो लाग्छ तिमीलाई ? ’ ममाथि उसको जादु प्रसारित हुँदै गएथ्यो।
 
‘मलाई ५० हजार रुपियाँको खाँचो छ । त्यो पनि आजै।' उसको मृदुल स्वरमा याचनाको जलप पोतिएको थियो।मैले उसलाई बैंकको एटीएम काउन्टरमा १० बजेतिर आऊ न भनेर ५० हजार झिकेर उसको हातमा केही नसोधी राखिदिएँ। पहिलोपटक उसको अनुहार खुसीले धपक्क बलेको देखेको थिएँ। 
 
उही करोड रुपियाँको दामी मुस्कान उसको मुहारमा फक्रेको थियो।५० हजार आफ्नो मनी ब्यागमा राखिसकेपछि उसले भनी, ‘वास्तवमा रुपियाँको खाँचो भोलिलाई थियो। तपाईंलाई आजै दुक्ख दिएँ। आज म खाली छु। ...नगरकोटतिर घुम्न जाऊँ हुन्न ?'
 
नगरकोटको एउटा महँगो रिसोर्टको भव्य कोठामा हामीले त्यो ऐतिहासिक दिन गुजारेका थियौं। खेल चुम्बनबाट थालिएको थियो र वासनाको भयावह आँधीबेहरीको वेगवान् मुस्लोमा हामी दुवै पटकपटक छताछुल्ल भइरह्यौं। 
 
सायद अप्राप्य कुरो हात परेको मनोविज्ञानले गर्दा- ऊसित गुजारेका सहवासका एकएक पल मेरानिम्ति जीवनकै चरमानन्द र तृप्तिका उत्कर्ष क्षणहरू थिए। त्यस दिन समागम सुखको जुन चरमोत्कर्षमा बारम्बार म पुगिरहेँ, त्यसभन्दा पहिले कुनै स्वास्नीमान्छेको शरीरबाट त्यो स्तरको सुख मलाई अनुभूत भएको थिएन । सायद मैले पनि त्यसपूर्व कुनै पनि स्वास्नीमान्छेको देहलाई यति परिपूर्ण र मूल्यवान् ठानेकै थिइनँ।
 
त्यसपछिका दिनहरूमा नगरकोट रिसोर्टमा खेलिएको उही खेल दामन, टिस्टुङ, धुलिखेल र पोखरासम्म पुगेर हामीले फेरिफेरि खेलिरह्यौं । उसलाई जतिजति भोग्यो, तृष्णा त्यतित्यति बढ्थ्यो, घट्नुको साटो। उसको शरीरसित खेलेर म अझै अघाएको थिइनँ।
 
देहसुखको हिसाब–किताब
विगत आठनौ महिनामा उसले पटकपटक दुई लाख ४० हजार नगद मसित मागेर लिइसकेकी थिई। उसलाई किनिदिएका लुगाफाटा, गरगहना, रिसोर्टमा भएका खर्चहरू र कार पेट्रोलको खर्चसमेत गर्दा झन्डै पौने चार, चार लाखजतिको हिसाब बन्दथ्यो। 
 
अब विस्तारै मभित्रको व्यापारी यो देहसुखको मूल्य चर्को हुँदै गएको जोड, घटाउ, गुणा, भाग गर्दै थियो । अनि मैले धेरै सोचविचारपछि निर्णय गरेको थिएँ– उसलाई बिहे गरी कान्छी बनाएर बाहिर कतै घर लिएर राख्नमै मेरो कल्याण छ । अबको भेटमा ऊसित कुराकानी गरी टुंगोमा पुग्ने निधो गरेपछि त्यस रात म ढुक्कसँग निदाएको थिएँ ।
एन्टी क्लाइमेक्स  १...२...३...
 
१. असोज महिनाका सुरुका दिनहरू थिए । हिन्दुहरूको महान् चाड दसैंतिहार नजिकिँदै थियो। चारैतिर त्यसको रमझम थियो। म भने आफ्नो नयाँ निर्माणाधीन चलचित्रको क्लाइमेक्स सिनहरू सुट गराउनमै व्यस्त थिएँ। 
 
दसैँअगाडि नै सुटिङ प्याकअप गर्नु थियो जसरी भए पनि। त्यसैले नगरकोटको एउटा पाखोमा सेट लगाएर दिनरात सुटिङ चलिरहेको थियो। रातिको साढे १० बज्दै थियो । तर यस बेलासम्म माथि रिसोर्टबाट अर्डर गरेको खाना आइपुगेको थिएन। कलाकार, प्राविधिकहरू सबै भोकाइसकेका थिए।
 
म गाडी लिएर रिसोर्टमा पुग्दा रातिको ११ बज्दै थियो। रिसोर्टको भ्यानमा खाना राखेर सुटिङ स्थलतर्फ पठाउने तयारी भइरहेको रहेछ । खाना पठाइसकेपछि थकाइ मार्न म रिसोर्टको फराकिलो रेस्टुराँ कम बारभित्र छिरेको थिएँ।
 
बार काउन्टरतिर जाँदै गर्दा एक कुनाको टेबुलमा उसलाई मैले देखेँ । एकाएक त्यहाँ, त्यस बेला उसलाई देख्दा मलाई विश्वास लागेन । त ऊ नै थिई । उसको साथमा ऊभन्दा २०-२२ वर्ष जेठो अधबैंसे मान्छे बियरको चुस्की लिँदै बसिरहेको थियो।उसले पनि मलाई देखिसकेकी थिई र त्यहाँबाट कराई, ‘बीआर !, तपाईं यहाँ ? ह्वाट अ सरप्राइज ? यतै आउनोस् प्लिज।'
 
म उनीहरूको टेबलनिर गएर उभिएको थिएँ । ऊ र त्यो अधबैंसे दुवै मलाई स्वागत गर्न उभिएका थिए। अधबैंसेले हात मिलाउँदै आफ्नो परिचय दिएको थियो, ‘म लालगोपाल पाण्डे। श्रेयाको श्रीमान्...।'
 
मलाई एक्कासि रिँगटा लागेजस्तो भएको थियो । छेउको कुर्सी तानेर म थचक्क बसेको थिएँ । मेरो ओठमुख सुकेको थियो र जिब्रो तालुमा टाँसिएको थियो । छेउमा राखिएको सिसाको जगबाट गिलासमा पानी सारेर घटघट निलेपछि मलाई केही बिसेक भएथ्यो । मेरो परिचय उसले दिएकी थिई, ‘उहाँ नै हो बीआर ढुंगेल ...।'
 
'ए, अँ, तपाईंको बारेमा यिनीबाट धेरै सुनिसकेको छु । चलचित्र बनाउनुहुन्छ क्यार ! ...' अधबैंसे बर्बराइरहेको थियो।'तर उसले त तपाईंको बारेमा मसित कुनै कुरा कहिल्यै गरिन...' भन्न मन लागेको त थियो तर मेरो मुख टालिएझैं भएको थियो।
 
‘फुर्सदमा आउनुहोस्, कहिले हाम्रो घरतिर पनि।' अधबैंसे रमाईरमाई बोलिरहेको थियो।'हुन्छ, अब त आउनैपर्ला।' मैले ऊतिर हेर्दै कटुतालाई पचाउने प्रयास गर्दै त्यतिमात्र भन्न सकेँ र त्यहाँबाट उठेर बारतिर हान्निएको थिएँ। 
 
म बारतिर जानलाई ढुनमुनिँदै उभिँदा ऊ मतिर हेर्दै मुस्काएकी थिई। सधैं करोड रुपियाँको लाग्ने उसको मुस्कान मलाई कौडीबराबरको पनि लागेन, त्यति बेला । साँच्चै त्यो मुस्कान कति अशुभ थियो, कति घृणित र पतीत !
 
२. त्यहीँ टुंगिनुपर्ने हो कथा तर कथा त्यहाँ सकिँदैन।अझ दुइटा छोटाछोटा प्रकरण बाँकी छन् सुनाउनैपर्ने। सायद त्यसपछि यस कथालाई अगाडि घिसारिरहनु नपर्ला।
 
म फिल्मी मान्छे हुँ । पैसाको कुरोमा म साथीभाइ भन्दिनँ । पैसाको लागि बाउआमा, भाइबहिनी गलहत्याउन परे गलहत्याउँछु। मजस्तो मान्छे सेक्सको चक्करमा एउटी आइमाईबाट जिल्लिनु परेको थियो । हरे ! कहाँ घाँस चर्न गएको थियो मेरो बुद्धि?
 
एक साँझ आफ्नो गुमेको पैसा फिर्ता पाई पो हाल्छु कि भनी म तिनीहरूको घर खोज्दै पुगेँ। अधबैंसे मलाई ढोकामा देख्दा पहिले त अक्कमक्क पर्‍यो । पछि एकाएक मुखमुद्रामा नकच्चरोपन उकास्दै भित्रतिर हेर्दै करायो, ‘शिरु ! यता हेर त को आउनुभा'छ? '
 
ऊ बाहिर आई ! मानौं, हामीमाझ सबै कुरो पहिलेजस्तै भएझैं खुसीमा छताछुल्ल हुँदै स्वागतको हाउभाउसहित उसले मलाई बैठकमा लगेर बसालेकी थिई। शरीरमा कसिएको नीलो नीरपानी घरेलु गाउनमा उसको मांसलता साँच्चिकै लोभ्याउने खालको थियो। 
 
बैठकमा एउटी चारपाँच वर्षकी हिसी परेकी फुच्ची टीभीमा कार्टुन हेर्दै थिई। उसले बैठकमा पुग्नासाथ फुच्चीलाई हकारी, ‘भित्र जाऊ शीना । मलाई अंकलसँग कुरा गर्न देऊ।'‘नाइँ म कार्टुन हेर्छु के!' फुच्चीले ढिपि कसेकी थिई।
 
त्यसपछि ऊ बाहिरतिर हेर्दै च्याँठ्ठिँदै कराएकी थिई, ‘ओ एलजी ! लैजाऊ न हो यल्लाई ह्याँबाट।'एलजी अर्थात् लालगोपाल पाण्डे, उसको श्रीमान् बाहिर जाने लुगा फेरेर बैठकमा आयो र मतिर हेर्दै भन्यो, 'आज स्याटरडे, छोरीको स्कुल बिदा छ। 
 
अलि चकचके छे यो। म यल्लाई लिएर बाहिर जाँदैछु । तीनचार घन्टापछि फर्किनेछु । तपाईं र शिरु रिल्याक्स गर्दै गर्नोस् । कुनै अप्ठ्यारो मान्नु पर्दैन । यसलाई आफ्नै घर ठान्नुभए हुन्छ।'
 
त्यति भनेर एलजी बच्चीसहित ढोकाबाट निस्क्यो र अलप भयो । उसले घरको मूल ढोका थुनिसकेर मतिर हेर्दै चञ्चल हाउभाउका साथ भनी, ‘हिँड्नोस् न बेडरुममै जाऊँ।'
 
उसको हाउभाउ र बोलीव्यवहारले त्यस साँझ ममाथि पटक्कै असर गर्न सकेको थिएन । सोझै विषयमा प्रवेश गर्दै उसलाई मैले सोधेँ, ‘म आफ्नो पैसा फिर्ता माग्न आएको । मेरो पैसा कहिलेसम्म फिर्ता गछ्र्यौ, भन? '
 
कत्ति पनि विचलित नभई उसले मतिर हेरी र खिसीको हाँसो हाँस्दै भनी, ‘तपाईंसित मैले ऋण लिएकी थिइनँ । मोजमज्जाको मोल असुलेकी थिएँ । मलाई लाग्छ-तपाईं र ममाझ हिसाब बराबर भइसकेको छ।'
 
मलाई थाहा छ, म अधम छु, महानीच छु । तर उसले जसरी जुन शब्दमा आफ्नो मोल असुलउपर गरेको कुरो उठाएकी थिई, मजस्तो अधमसित पनि उसलाई जवाफ फर्काउनका निम्ति एउटै शब्द जगेडा बचेको थिएन।
 
त्यस साँझ पराजित पाइलाहरू घिसार्दै उसको ढोकाबाट म फर्केको थिएँ।३. सुदूरपश्चिम स्थायी घर भएका र विगत सात वर्षदेखि मेरो छिमेकी मित्र नरदत्त भट्ट सरकारमा धेरै वर्ष रहिसकेको एउटा पार्टीको माथिल्लो तहका कार्यकर्ता हुन् । मान्छे चल्तापुर्जा र सोखिन मिजासका छन् । नाम नरदत्त हो र नारी अर्थात् पोथीका ठूलै रसिया।
 
यिनै नरदत्त भट्टले एक साँझ एउटा गार्डेनबारमा रक्सी खाइरहेको बेला कुरा निकाले, ‘बाबुरामजी, फिल्म त बनाउनुहुन्छ तर तपाईंलाई काठमान्डुभित्रका कस्ताकस्ता वास्तविकता थाहा छैन।' 'कुन वास्तविकताको कुरा गर्नुभएको भट्टजी तपाईंले ? ', मैले जिज्ञासा पोखेँ।
 
भट्टजीले दाहिने हातको चोर औंलाले नाकको पोरातिर संकेत गर्दै भने, ‘मैले यसको कुरा गरेको... मालको। मान्छेहरू त्यसका लागि बैंकक र मकाउसम्म पुग्छन् । त्याँभन्दा कस्ताकस्ता घरानिया माल यहीँ भेटिन्छन्, यै काठमान्डुमा । तपाईंलाई थाहै छैन बाबुरामजी, यै एउटा काठमान्डुभित्र कतिकतिवटा काठमान्डु लुकेर बसेका छन् ..।'
 
मैले भनेँ, ‘भट्टजी मलाई त्यस्ता ठाउँमा जाने रुचि छैन।' 'कस्तो कुरा गर्नुभएको तपाईंले ? तेस्तो ठाउँ देख्दै देख्नुभएको छैन भने भोलि आफ्नो फिल्ममा देखाउनुपर्ने भयो भने तेस्तो ठाउँको वास्तविकता भुत्रो देखाउनुहुन्छ, तपाईंले !' भट्टजीलाई रक्सी लागिसकेको थियो। 
 
उनी उभिएर आफ्नो विश्वरूप देखाउने अन्दाजमा भने, ‘मलाई तपाईंले चिन्नु नै भएको छैन श्रीमान्। ल हिँड्नुस्, तपाईंलाई म आज यस्तो ठाउँमा लैजान्छु जहाँ काठमान्डुका बडेबडे घरका छोरीबुहारीसमेत बिक्न बसेका भेटिन्छन्। 
 
...ठीक छ तपाईंलाई मन नलागे रमिता हेरेर बस्नुहोला अब त हिँडिदिनोस् प्रभु !' भट्टजीको विश्वरूपले मलाई पाखुरामा समातेर लगभग घिसार्दै लगी गाडीमा थेचारेकाले मैले नाइँनास्ती गर्न सकिनँ।
 
भट्टजीको पछिपछि लागेर त्यस रात जहाँ म पुगेँ वास्तवमै मेरो निम्ति त्यो काठमान्डुको नौलो रूप नै थियो । फराकिलो कम्पाउन्ड भएको पुरानो पाराको आर्किटेक्टको भान दिने लगभग २०-२२ कोठाको विशाल घर, प्रवेश गर्ने मूलद्वारमै सुरक्षाको कडा व्यवस्था। 
 
भट्टजी त्यहाँ आउने जाने गरिरहने चिनिएका प्रभावशाली व्यक्ति भएकाले उनलाई देख्नेबित्तिकै गार्डहरूले स्यालुट ठोक्दै मूल गेट उघारिदिएका थिए । गाडीभित्र चौरमा पार्क गरेर हामी भव्य घरतिर लम्केका थियौं।
 
घरभित्रको दुनियाँ अर्कै थियो । सजिसजाउ, झकीझकाउ, हरेक कुनाकाप्चालाई समेत ध्यान पुर्‍याएर आकर्षक पार्ने उपक्रम गरिएको। हरेकतिर उज्यालो। जताततै सजाइएको इन्डोर प्लान्टहरू । कामविह्वलता उब्जाउने एक किसिमको लठ्याउने सुगन्धको महक त्यहाँको वातावरणमा ज्यूँदो थियो।
 
निकै ठूलो बैठककोठामा चारैतिर एन्टिकजस्ता लाग्ने सरसामान अनि एन्टिक जस्तै गद्दादार सोफा र टीटेबुलहरू। एकसेएक रूपसीहरूको जमघट नै थियो त्यहाँ सोफाहरूवरिपरि। भट्टजीले मलाई लगेर ५५-५६ पुगेकी मांसल जीउडालकी एउटी भव्य महिलासामु उभ्याए र उनीसित मलाई परिचय गराए।
 
उनी त्यहाँकी सञ्चालिका रहिछिन्। ती महिलाले निकै शिष्ट–सभ्य पारामा त्यहाँको व्यवस्था र व्ययभारबारे मलाई सम्झाएकी थिईन् । भट्टजी त्यसैबीच एउटी परम् रूपवतीलाई च्यापेर भित्रतिर गइसकेका थिए। मैले सञ्चालिकालाई आफू त्यहाँ भट्टजीको मन राखिदिनमात्र आएको कुरा गर्दा उनी रमाइलो मानेर हाँसेकी थिइन्।
 
रातिको डेढ बज्दै थियो। मलाई सञ्चालिकाले व्यवस्थित गरिदिएकाले बैठकमै बसेर खानेपिउने काम गर्दै थिएँ। भट्टजी भित्रबाट आइपुगे र हामी फर्कने तरखर गर्न लाग्यौं। भट्टजीले सञ्चालिकालाई कोटको खल्तीबाट झिकेर हजारहजारका नौवटा नोट दिएको दृश्यले मलाई रोमाञ्चित तुल्याएको थियो।
 
ठीक त्यति नै बेला एलजी पाण्डेलाई मैले देखेँ बैठकभित्र प्रवेश गरिरहेको। मनमनै सोचेँ, ‘यो यहाँ के गर्दैछ ? ' त्यति बेलासम्म उसले मलाई देखेको थिएन। ऊ सरासर सञ्चालिकाको अगाडि पुग्यो र अदबसाथ हात जोर्दै ‘नमस्ते हजुर !' भन्यो। 
 
सञ्चालिकाले उसलाई कुनै भाउ नदिएको प्रस्ट थियो।त्यति नै बेला एलजी पाण्डेले मलाई देख्यो । चिन्यो र हात जोर्दै फुसफुसायो, ‘नमस्कार, बीआरज्यू ! हजुर पनि यहाँ भन्या?'मलाई के बोलूँ के बोलूँ भयो र भनेँ, ‘अनि तपाईं चैं ह्याँ कसरी नि?'
 
‘म त शिरुलाई लिन आको। यति बेला राति ऊ बिचरी एक्लै कसरी फर्कोस् ! त्यै भएर म...', पाण्डे बर्बराइरहेको थियो, अनि म तीनछक पर्दै त्यति नै बेला भित्रबाट कुनै विदेशी खैरो छालाको पाखुरामा हात घुसारेर बैठकतिर आइरहेकी श्रेयालाई हेरिरहेको थिएँ।
...
राति कारमा फर्किरहँदा भट्टजीले सोधेका थिए, ‘बाबुरामजी, के तपाईंले वेश्यागमन गर्नुभएको छैन?'मैले यस प्रश्नको कुनै उत्तर दिइनँ।
 
आफूलाई आफैंले भनेँ, 'अबउसो मैले वेश्यागमन गरेको छैन भन्‍न तैंले नपाउने भइस् बाबुराम।'
- See more at: http://annapurnapost.com/News.aspx/story/20414#sthash.wR8FruZe.7kW5lqMZ.dpuf

Thursday, October 23, 2014

Sam Mendes’s 25 Rules for Directors

At its spring gala, the Roundabout Theatre Company honored Sam Mendes, prolific director of theater—his King Lear and Charlie and the Chocolate Factory are both currently playing in London—and films, including Skyfall and American Beauty.

The event, at the Hammerstein Ballroom in Manhattan, included speeches and performances from Helen Mirren, Jeremy Irons, Liam Neeson, and Alan Cumming, who did a number from Cabaret, which Mendes is bringing to Broadway this season. Some Mendes collaborators weighed in via video, including one clip in which Judi Dench and Daniel Craig joined in singing “Cabaret.”
After reviewing his career highlights, in depth, the British Academy Award winner said, “One of the things I love about Americans is you do massive ego trips incredibly well. Blimey. I don’t think I’ve ever seen so many photographs of myself. I didn’t even know they existed.” Mendes also noted that while tributes are wonderful, they are backward looking, and then decided to share what he’s learned along the way. “If there are any directors out there in the audience, or anyone who’s interested in directing, I’ve written 25 steps towards becoming a happier director. These are them:

1. Always choose good collaborators. It seems so obvious, but the best collaborators are the ones who disagree with you. It means they’re passionate, they have opinions, and they’ll only ever say yes if they mean it.

2. Try to learn how to make the familiar strange, and the strange familiar. Direct Shakespeare like it’s a new play, and treat every new play as if it’s Shakespeare.

3. If you have the chance, please work with Dame Judi Dench.

4. Learn to say, “I don’t know the answer.” It could be the beginning of a very good day’s rehearsal.

5. Go to the ancient amphitheater at Epidaurus, in Greece. It makes you realize what you are a part of, and it will change the way you look at the world. If you’re an artist, you will feel central, and you will never feel peripheral again.

6. Avoid, please, all metaphors of plays or films as “pinnacles” or “peaks”; treat with absolute scorn the word “definitive”; and if anyone uses the word “masterpiece,” they don’t know what they’re doing. The pursuit of perfection is a mug’s game.

7. If you are doing a play or a film, you have to have a secret way in if you are directing it. Sometimes it’s big things. American Beauty, for me, was about my adolescence. Road to Perdition was about my childhood. Skyfall was about middle-age and mortality. Sometimes it’s small things. Maybe it’s just a simple idea. What if we do the whole thing in the nightclub, for example. But it’s not enough just to admire a script, you have to have a way in that is yours, and yours alone.

8. Confidence is essential, but ego is not.

9. Theater is the writer’s medium and the actor’s medium; the director comes a distant third. If you want a proper ego trip, direct movies.

10. Buy a good set of blinkers. Do not read reviews. It’s enough to know whether they’re good or they’re bad. When I started, artists vastly outnumbered commentators, and now, there are a thousand published public opinions for every work of art. However strong you are, confidence is essential to what you do, and confidence is a fragile thing. Protect it. As T.S. Eliot says, teach us to care, and not to care.

11. Run a theater. A play is temporary, a building is permanent. So try to create something that stays behind and will be used and loved by others.

12. You are never too old to learn something new, as I was reminded when I learned to ski with my 10-year-old son. He, of course, did it in about 10 minutes, and I spent four days slaloming up and down, looking like a complete tit. But, don’t be scared of feeling like a complete tit. It’s an essential part of the learning process.

13. There is no right and wrong, there is only interesting, and less interesting.

14. Paintings, novels, poetry, music are all superior art forms. But theater and film can steal from all of them.

15. There are no such things as “previews” on Broadway.

16. Peter Brook said, “The journey is the destination.” Do not think of product, or, god forbid, audience response. Think only of discovery and process. One of my favorite quotes from Hamlet—Polonius: “By indirections find the directions out.” 

17. Learn when to shut up. I’m still working on this one.

18. When you have a cast of 20, this means you have 20 other imaginations in the room with you. Use them. 

19. Please remember the Oscars are a TV show.

20. Get on with it. Robert Frost said, “Tell everything a little faster.” He wasn’t wrong.

21. The second production of a musical is always better than the first.

22. Learn to accept the blame for everything. If the script was poor, you didn’t work hard enough with the writer. If the actors failed, you failed them. If the sets, the lighting, the poster, the costumes are wrong, you gave them the thumbs-up. So build up your shoulders, they need to be broad.

23. On screen, your hero can blow away 500 bad guys, but if he smokes one fucking cigarette, you’re in deep shit.

24. Always have an alternative career planned out. Mine is a cricket commentator. You will never do this career, but it might help you get to sleep at night.

25. Never, ever, ever forget how lucky you are to do something that you love.

http://www.vanityfair.com/online/daily/2014/03/sam-mendes-rules-for-directors?mbid=social_retweet
 

Monday, September 22, 2014

India, China sign co-production treaty

India and China have signed an audio visual co-production agreement during Chinese President Xi Jinping’s visit to India. The treaty was signed by Indian I&B Minister Prakash Javadekar and Cai Fuchao, Minister for State Administration of Press, Publication, Radio, Film and Television in China.
The proposed cooperation between India and China includes co-production in feature films, documentaries and animation films as well as import of Indian films into China.
Formalizing student exchange between FTII/SRFTI and premier film institutes of China and Public Private Partnership in Animation sector are also on the agenda.
The Joint Working Group constituted to take concrete steps to advance this cooperation will meet on the sidelines of the International Film Festival of India (IFFI) 2014 at Goa and would involve stakeholders from both the countries. It was also announced that China will be the focus country at IFFI 2014.
Currently, India has co-production agreements with France, Germany, Canada, UK, Italy, Spain, Brazil, Poland and New Zealand.

Source: www.dearcinema.com

Dalan Shooting